जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौं ।  जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array