तारकेश्वर नगरपालिकामा आज देखि स्वास्थ्य बीमा सुरु, नगरप्रमुख, उपप्रमुख सहितलाई बीमा सदस्यता दिएर सुभारम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० फाल्गुन २०७९, मंगलवार
7 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र उपचार खर्चको सरल ब्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकु संगको सहकार्यमा स्वास्थ्य बिमा कार्येक्रम सुरु भएको छ ।

No description available.
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आज आयोजीत एक कार्यक्रममा नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकुका बरिष्ठ स्वास्थ्य प्रशासक सम्भुप्रसाद ज्ञवालीले तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याललाई बीमा सदस्यता दिएर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रशासक ज्ञवालीले तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष तथा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खडगी, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत सहितलाई लाई बीमा सदस्यता प्रदान गर्नुभयो ।
बीमा सदस्यता कार्यक्रमको सुभारम्भ गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बीमा कार्यक्रम लागु भएपछि पैसाको कारण स्वास्थ्य उपचार गर्न नपाउने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख महर्जनले बीमा कार्यक्रम नगरवासीका निम्ती सुवर्ण अवसर रहेको बताँउदै कार्यक्रमले नगरवासीमा खुसी छाउने बताउनुभयो ।
उहाँले भन्नुभयो “ कार्यक्रम लागु भएसंगै कुनै बेला गोजीमा पैसा नभएको अवस्थामा उपचारका लागि कोही, कसैले पनि बञ्चीत हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

No description available.
सो अवसरमा स्वास्थ्य बिमा बोर्ड टेकुका बरिष्ठ स्वास्थ्य प्रशासक सम्भुप्रसाद ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रम अन्य बीमा कार्यक्रम भन्दा फरक रहेको बताँउदै सबै नागरिकहरुले यस कार्यक्रममा सहभागीता जनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “स्वास्य बीमा कार्यक्रम र्कमचारी सञ्चयकोष, नागरिक लगानीकोष, बैक तथा अन्य बीमा कम्पनीका कार्यक्रम भन्दा बिल्कुल फरक कार्यक्रम रहेको छ, यसलाई हामीले राम्रोसंग जनतालाई बुझाउन पनि सक्नुपर्दछ, बीमा कार्यक्रमा जति बढी नागरिकहरु सहभागी भए त्यसबाट उठने प्रिमियमबाट उपचार गर्न नसक्ने गरिब जनताको निम्ती थप सहयोग पुग्नेछ”
ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रम सरकारले नाफाका लागि लागु नगरेको स्पष्ट पादै भन्नुभयो “बीमा कार्यक्रमा सहभागी भएका सबै नागरिक बिरामी हुंदैनन्, उनिहरुले तिर्ने प्रिमियमबाट नै बिरामी भएका र गरिब नागरिकहरुका निम्ती पैसा खर्च हुने हो ।”

No description available.
तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खडगीले बीमा कार्यक्रमलाई साँचै व्यवहारमा लागु गर्नका निम्ती मन, बचन र कर्मले लाग्नुपर्ने बताउनुभयो । प्रवक्ता खडगीले बीमा कार्यक्रमका निम्ती नगरपालिकाले आर्थिक भौतिक लगायत सबै कुरामा कुनै कमि हुन नदिने बताउनुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाको स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. लक्ष्मी प्रसाद घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउनु सबैको दायित्व रहेको बताँउदै बीमा कार्यक्रमको लागु भएसंगै पैसाका कारण उपचार गराउन अस्पताल नजाने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
स्वास्थ्य उपचारका कारण नेपालमा प्रत्यक बर्ष ५ लाख मानिसहरु गरिबी तर्फ धकेलीरहेको बताँउदै डा.घिमिरेले बीमा कार्यक्रमलाई अप्ठ्यारोको रुपमा नभई सहज रुपमा लिनुपर्ने बताउनुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले भोली देखि बीमा प्रतिनिधिहरु नगरवासीहरुको घरदैलोमानै आइपुग्ने बताँउदै बीमा कार्यक्रममा सहभागी भएर स्वास्थ्यका निम्ती हुने खर्चको बचत गर्न आग्रह गर्नुभयो ।

No description available.
कार्यक्रममा बोल्दै बीमा बोड बाग्मती प्रदेशका संयोजक जिबलाल खरेलले बीमा कार्यक्रम कुनै न कुनै हिसाबले गरिब परिवारहरुलाई लाभ होस भन्ने हेतुले सरकारले लागु गरेको बताँउदै बीमा कार्यक्रममा सबैको उत्साहजनक सहभागीता रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
बीमा कार्यक्रम हाल सम्म देशभरका २० लाख परिवारका ६४ लाख नागरिक सहभागी भएका छन् । बीमा कार्यक्रमका लागि देशभरका ४ सय बढी अस्पतालहरु मार्फत नागरिकले सेवा लिन सक्ने बीमा बोर्डका काठमाण्डौं जिल्ला संयोजक कृष्ण पोख्रेलले बताउनुभयो । तारकेश्वरमा भोली देखि ११ वटा वडा मार्फत बीमाका लागि प्रतिनिधिहरु नगरिकको धरदैलोमा पुग्दै छन् । तारकेश्वर नगरपालिकाका ११ वटै वडा मार्फत बीमाको कार्यक्रम भोली देखिनै सुरु भएपनि यसको लागु भने जेष्ठ १ गतेबाट मात्र हुने बीमा बोडेले जनाएको छ । काठमाण्डौं संयोजक पोख्रेलले भन्नुभयो “बीमा प्रतिनिधिहरुले भोली देखि घरदैलो गर्नुहुने छ इच्छुकहरुको फारम भरेर अनलाइन मार्फत जिल्ला हुंदै केन्द्र सम्म पठाउनु हुने छ, सबै नामहरु संकलन गरि रुजु हुने छ ति सबै नामहरु समेटेर जेष्ठ १ गते देखि उहाँहरुको बीमा कार्यक्रम लागु हुने छ”
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, तारकेश्वर नगरपाकिाका वडा अध्यक्षहरु लक्ष्मीदास श्रेष्ठ, श्याकृष्ण सापकोटा, कबिराज बस्नेत, स्वास्थ्य शाखाका अधिकृतहरु राधा थपलिया, गणेश कुंवर सहित नगरपालिका बिभिन्न शाखाका प्रमुखहरु, जनप्रतिनिधि सहित बीमा कार्यक्रममा सहभागी हुने ११ वडाकै प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

नेपाल सरकारले प्रत्यक नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने नीति अनुरुप सुरु गरिएको यो अभियान उपत्यका बाहिरको जिल्लाहरुमा सुरु भइसकेपनि काठमाण्डौं उपत्यकामा बीमा कार्यक्रम लागु गराउने तारकेश्वर नगरपालिका ७ औ नगरपालिकाको रुपमा रहेको छ । यस अघिका जनप्रतिनिधिहरुले बेवास्ता गर्दामा बीमा कार्यक्रम अलपत्र परेको थियो । नगरप्रमुख महर्जनले कार्यकालको सुरुवातसंगै कार्यक्रम लागु गर्न पहल थाल्नुभएको थियो ।
बीमा गर्दा कति शुल्क तिनुपर्दछ ? कति पाइन्छ उपचार सुविधा ?
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनको लागि ५ जना सम्मको परिवारले प्रतिपरिवार प्रति बर्ष रु ३ हजार पाँच सय शुल्क बुझाउनु पर्नेछ भने पाँच जना भन्दा बढी सदस्य भएको परिवारले थप २ सयका दरले शुल्क बुझाउनु पर्ने छ । बार्षिक शुल्क बुझाएका बीमित परिवारले उपचार बापत बार्षिक ५ जना सम्मको लागि रु १ लाख र त्यो भन्दा बढी बीमित सदस्य भएको परिवारले अधिकतम रु २ लाख सम्म उपचार सहयोग पाउने छन् । यस कार्यक्रमका लागि नगरपालिका भित्र ६ महिना अघि देखि बसोबास भएको हुनुपर्ने छ । नगरपालिका भित्र बसोबास गर्ने स्थायी र अस्थायी सबै नागरिकले यो बीमा कार्यक्रममा सहभागी हुन पाउने छन् ।
यि बर्गले बीमा गर्दा छुट पाँउछन
बीमा कार्यक्रममा अति गरिब, एचआइभी संक्रमीत, कुष्ठरोगी, अति अशक्त अपांगता भएका परिवारहरुले कुनै शुल्क तिर्नुपदैन् । महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । त्यस्तै ७० बर्ष पुरा भएका जेष्ठ नागरिकको हकमा योगदान र हकमा पुर्ण छुट पाउने छन् । जेष्ठ नागरिकले रु १ लाख सम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array