उपराष्ट्रपति पदको निर्वाचनमा (जसपा) का नेता यादवलाई मत दिने कांग्रेसको निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हँुदैछ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो ।

बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उहाँलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । यसैगरी बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्