काँडाघारीको मनोहरामा एक बर्ष देखि सडकको बेहाल, ढलको पाइप ल्याइएको २ हप्ता भयो अझै गाडने सुरसार छैन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौ । ‘आफ्नो टोल बस्तीको विकास गर्ने जिम्मा जनप्रनिधिको हो भन्ने बुझाइको धेरै नागरिकमा पर्दै गएको छ । तर यसका विचमा पनि राजधानी काठमाडौका धेरै टोल र बस्तीमा स्थानीयहरु स्वयम जागरुप भएर विकासका काम गरेका छन । कतिपय स्थानमा स्थानीय जनप्रनिधिहरुको साथ नपाउँदा नागरिकहरुको विकास हेर्ने चाहाना मात्रै चाहाना हुन्छ । हिउँद सकिना साथ वर्षा सुरु भएपछि भौतिक विकासका काम प्रारम्भ गर्ने परिपटि राजधानीका धेरै विकासका योजनामा देखिन्छ । यसको एउटा उदाहरण काठमाडौ कागेश्वरी मनोहरा नगरभित्रका केही आयोजनाको हेरे पुग्छ ।

नगरपालिकाको वडा नं. ९ स्थितकाँडाघारीमा रहेको मनोहरा समाजमा समयमा ढल निकास सम्बन्धि काम नभएर स्थानीयले हरेक वर्ष दुख पाएको विषय बारम्बार उठे पनि समस्या समधान भन्दा झन जटिल बन्दै गएको छ ।

यति सम्म की ढलको पाइप ल्याइएको २ हप्ता सम्म पनि कुनै काम गर्ने कुनै मेसो सुरु भएको छैन । अघिल्ला वर्षहरुमा जस्तै यसपटक पनि झरि लागेपछि काम सुरु होस भन्ने पक्षमा स्थानीय नरहे पनि काम २ हप्ता सम्म नहुदा आशंका भने पैदा भएको छ ।

समाजले बारम्बार पहल गर्दा माथील्लो तहबाट बारम्बार बेवास्था गर्दै आएको कुरा त यहाँ सामान्य नै भैसक्यो । यतिसम्म की,‘तिमिहरु जे सक्छौ गर’ भन्ने सम्मका गैरजिम्मेबार अभिव्यक्ति आएपछि स्थानीयहरु आन्दोलनको तयारीमा रहेको समाजका अध्यक्ष दीनेश(भोजं) श्रेष्ठले बताए । उनले अगाडी थपे ‘हामीले आफै पहल गरेर अघिल्लो वर्ष केही काम गर्यौ,त्यसमा बखेडा लिकालियो यसपाली पनि वर्षा लाग्नु अघि नै काम गरौ, नत्रपछि पुरै घर डुवानमा पर्छन, समस्या हुन्छ भनेर बारम्बार पहल गर्दा पनि चासो नदिएको कारण अब हामी यो कुरा सार्वजनिक गर्न बाध्य भयौँ ः,अध्यक्ष श्रेष्ठले भने ।’

टोल बस्तीको बिचमारहेको तामाकोसी फर्निचरले पनि निकै समस्या दिएको जनगुनासो रहेको छ । फोहोर गर्ने, रात बिहान डिस्टर्व गर्ने अनि जथाभावी दिशा पिसा गर्ने गर्नाले समाजको वातावरण नै विग्रन थालेको स्थानीय बताउँछन । ‘यो समस्या समधान गर्न पटक पटक स्थानीयले आग्रह गर्दा पनि समस्याको हल गर्न कुनै पहल भएको छैन ।’ अध्यक्ष श्रेष्ठले थपे ‘हामी अब आन्दोलनमा जानुको विकल्प छ र ? हामीले पटक पटकको हेपाइ र गुनासो प्रति सरकार गैर जिम्मेवार हुदा अब हामी आन्दोलीत हुन्छौ । हामी स्थानीयहरु संवादबाट समस्या समधान होस भन्ने पक्षमा थियौँ ।’

हामीेले स्थानीयहरुको गुनासो पछि वडा अध्यक्ष अनिल थापा संग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

Array