नगरप्रमुख महर्जनको सक्रियतामा बषौं पछि पुनर्निमाण भएको धर्मस्थलीको धमाथू पिंग धं छे मन्दिरको उदघाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र ५ । तारकेश्वर नगरपालिका वडा नं ६ को धर्मस्थलीमा धमाथु पिंगा धें छे मन्दीरको उदघाटन गरिएको छ ।
बषौं सम्म पुननिर्मणको पर्खाइमा रहेको मन्दीरलाई नगरप्रमुख कृष्ण हरि महर्जनको निर्देशनमा निर्माण पुरा भएको हो । नगरप्रमुख महर्जनले नगरपालिका भित्रका पुरातात्वीक, एतिहाँसीक सम्पदा र संस्कृतिहरुलाई जगेर्ना गर्न नगरपालिका भित्र बिभिन्न कार्यक्रमहरु समावेश गर्नुभएको छ ।
दुई महिनामै पुनर्निमाण गरिएको उक्त मन्दीरको शनिबार तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
एतिहाँसीक पुरातात्वीक तथा नेवारी मौलीकता झल्कने गरि धमाथू पिंग धं छे उपभोक्ता समिति मार्फत मन्दीर पुनर्निमाण गरिएको हो । धर्मस्थलीको नेवार समुदायहरुले घोडेजात्रा मनाउने यो मुख्य देवताको मन्दीर हो । यो महांकाल र मनमैजुको अजिमा भने जस्तै धर्मस्थीको मुख्य देवताको मन्दीर पनि रहेको वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले बताउनुभयो । ५४ लाखको बजेटमा पुनर्निमाण सुरु भएको मन्दीरको इष्टमेट भन्दा थप केहि पुरातात्वीक बस्तुहरुलाई समेटने क्रममा लागत बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ६ का सदस्य रामचन्द्र घिमिरे, मुक्तिराम गुरागाँई, अञ्जु बस्नेत र सबिना नेपाली, काँग्रेसका युवा नेता राजकुमार डंगोल, उपभोक्ता अधिकारकर्मी तिर्थ नारायण महर्जन, समाजसेवी हिरा महर्जन लगायत स्थानीयबासीहरु, धार्मिक अभियन्ता लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

fg

प्रतिक्रिया दिनुहोस्

Array