तारकेश्वर नगरपालिकाद्धारा नेपालटारमा रक्तदान कार्यक्रम आयोजना, ६० जना रक्तदाताले गरे रक्तदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र ५ । तारकेश्वर नगरपालिकाको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपालटारको बिन्दवासीनि मन्दीर नजिकै रहेको वडा नं ११ को शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको तारकेश्वर नगरस्वास्थ्य शाखाका निमित्त प्रमुख गणेश कुवरले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ११ का वडा सदस्य जगन्नाथ घिमिरे सहितले रक्तदान गर्नुभएको थियो ।
रक्तदाताहरुलाई तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत र तारकेश्वर नगरकार्यपालिका सदस्य तथा वडा सदस्य मिरा थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा वडा नं ११ का वडा सदस्य बिनोद घले, तारकेश्वर नगरस्वास्थ्य शाखाका निमित्त प्रमुख गणेश कुवंर, नगर स्वास्थ्य शाखाकी अधिकृतहरु राधा थपलिया, शोभा आचार्य र भरत पाण्डे, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ११ कि प्रमुख सुमित्रा उपाध्यय, डा. इङिता श्रेष्ठ सहित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, समाजसेवी, रक्तदाता र स्थानीयवासीहरुको उपस्थीति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस अघि तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच तारकेश्वर नगरवासिलाई निशुल्क रुपमा रगत दिने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रले बिरामीलाई रगत उपलव्ध गराउने क्रममा क्रसम्याच लगायतका लागि लिने शुल्क भने तारकेश्वरबासीको हकमा नगरपालिकाले तिरिदिने छ ।

 

No description available.No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

df

 

 

प्रतिक्रिया दिनुहोस्