नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचिaत यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने जनाइएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।a

प्रतिक्रिया दिनुहोस्

Array