तारकेश्वरका ११ वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना हुंदै, हिजो देखि मेलमिलापकर्ताहरुलाई प्रशिक्षण सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ चैत्र २०७९, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र ७ । तारकेश्वर नगरपालिकाको न्याय सम्पादनलाई चुस्त दुरुस्त र जनतालाई छिटो छरितो रुपमा न्याय प्रदान गर्ने उदेश्यले नगरपालिकाको ११ वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना हुने भएको छ ।
स्थानिय निकायको रुपमा २०७३ सालमा तारकेश्वर नगरपालिका गठन भएपनि हाल सम्म कुनै पनि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना भएको थिएन् । तारकेश्वर नगरपालिकाकी उप प्रमुख तथा न्यायीक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले पहिलो पटक नगरपालिकाका ११ वटै वडामा न्यायिक समिति गठन गर्न लाग्नु भएको हो ।
उपप्रमुख अर्यालले भन्नुभयो “मैले निर्वाचीत भएर आएपछि अफिसमा स्टाफहरुलाई नगरपालिका भित्रका मेलमिलाप केन्द्रको लिष्ट दिनुस भनेर मागे उनिहरुले अहिले सम्म कुनै मेलमिलाप केन्द्रनै स्थापना नभएको भन्ने जानकारी दिएपछि म आफै अचम्मीत बनें, त्यस पछि मैले नगरपालिका भित्र हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्नका लागि पहल थालेकी हुं”
उपप्रमुखको निर्देशन पछि तारकेश्वर नगरपालिकाको न्यायिक समिति मातहतमा ११ वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापनाको अन्तीम चरणमा पुगेको छ । मेलमिलाप केन्द्र स्थापनाका लागि नगरपालिकाका ११ वटै वडाबाट प्रतिनिधिहरु छनौट भइसकेका छन् । छनौट भएको मेलमिलाप केन्द्रका प्रतिनिधिहरुलाई नगरपालिकाको आयोजनामा हिजो देखि मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

May be an image of 5 people, people sitting and people standing
राष्ट्रिय न्यायिक प्रतिष्ठान तारकेश्वर १० मा सुरु भएको आधारभुत प्रशिक्षण ८ दिन चल्ने छ । प्रशिक्षणमा तारकेश्वर नगरपालिकाको ११ वटै वडाबाट छानीएका मेलमिलापकर्ताहरु सहित ३५ जनाको सहभागीता रहेको छ ।

May be an image of 1 person and standing
प्रशिक्षण कार्यक्रमको सुभारम्भ गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले न्याय निरुपणका लागि मेलमिलापकर्ताहरुको भुमिका अहम रहेको बताँउदै तालीम पछि वडा कार्यालयहरुमा आउने नगरवासीहरुलाई निस्पक्ष भएर न्याय दिन मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख महर्जनले मेलमिलापकर्ताहरुले न्यायलयका न्यायधिस जस्तै बनेर नागरिकका मुद्धाहरुको निरुपण गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 1 person, standing, sitting and text
राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक बैद्यनाथ उपाध्ययले समाजमा शान्ति स्थापना गर्नमा मेलमिलापकर्ताहरुको ठुलो भुमिका रहने बताँउदै मेलमिलाप पद्धतीलाई प्रयोगमा ल्याउन सकेमा नागरिकलाई राहत मिल्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले मेलमिलाप केन्द्रको स्थापना पछि नगरवासीहरुले वडाबाटै सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 1 person
नगरपालिकाको न्यायकि समितिले सोमबार र बुधबार मात्र इजलास खुल्ला गर्ने गरेको बताँउदै उपप्रमुख अर्यालले इजलास चलेको दिन ४ देखि पाँचवटा मुद्धा हेरेपनि मुद्धाको चापलाई घटाउन नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो“ नगरपालिकामा मुद्धाको चाप धेरै रहेको छ वडामा पनि धेरै छ । अध्यक्ष ज्यूहरुले वडामा मुद्धा मामिला हेर्नेकी वडाको काम गर्ने एकदमै प्रेसर छ, त्यो संगसंगै वडाले सिफारीस गरेको धेरै फायलहरु नगरपालिकाम पेन्डीङ रहेको छ, मेलमिलाप केन्द्रको स्थापना भएपछि अव वडा मार्फतनै नागरिकहरुले सुविधा पाउनुहुने छ भने हामीलाई पनि काम गर्न अलि सहज हुने छ”
न्यायिक समितिमा आज मुद्धा आएमा आजै हेरिदिए हुन्थ्यो जस्तो गर्नुहुन्छ, हाम्रो पनि समय र सिमा रहेका हुन्छन् भन्ने बुझनुहुन्न उपप्रमुख अर्यालले भन्नुभयो “कतिले त मुद्धाका बिषयमा धम्काउने, तर्साउने र राजनैतिक पावरहरु समेत देखाउने गर्दछन, मेलमिलापकर्ता तपाँईहरु सबैको जिम्मा लिनुपर्ने दायित्व हाम्रो हो,तपाँईहरुले काम गर्ने क्रममा नडगमगाई काम गर्नुहोस त्यसको जिम्मेवारी सिंगो तारकेश्वर नगरपालिकाले लिने छ ”

No description available.
राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक पारस पौडेलले तारकेश्वर नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले पहिलो पटक स्थानिय निकायको मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गर्न गइरहेको बताउनुभयो । पौडेलले तालिमको सम्पुर्ण खर्च तारकेश्वर नगरपालिकाको रहेको बताँउदै प्रतिष्ठानले शुल्क लिएर ट्रेनरहरु उपलव्ध गराएको बताउनुभयो । निर्देशक पौडेलले न्यायकि प्रतिष्ठान वरपरका १६४ घरमा बिगत ३ बर्ष देखि हालसावी रोकिएको बताँउदै हालसावी रोकिनुमा न्यायिक प्रतिष्ठान दोसी नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो “हालवासी गर्ने निकाय हामी होइनौं,नापीले हालसावी गर्ने र मालपोतले जग्गाको अभिलेख राख्ने हो, हामीले त न्यायधिश ज्यूहरुलाई तालिम प्रदान गर्ने काम गर्दछौं, तर यहाँ हाम्रो कारणले हालसावी रोकिएको भन्ने भ्रम पैदा भएको छ, तालिममा सहभागी तपाँईहरु स्थानिय एम्बेसडरहरु हुनुहुन्छ यो सन्देश टोलटोलमा लगिदिनुहुने छ, हालसावी खुलाउनको लागि हामीले के गर्नुपर्दछ हामी तयार छौं”

No description available.

May be an image of 15 people, people sitting and people standing

No description available.

dfg

प्रतिक्रिया दिनुहोस्

Array