तारकेश्वर नगरपालिकाद्धारा आज देखि नगरवासी किसानलाई निःशुल्क रुपमा तरकारीको बिउ बितरण सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं ।  तारकेश्वर नगरपालिकाको कृषि शाखाद्धारा आज देखि तारकेश्वर नगरवासी किसानहरुलाई निशुल्क रुपमा तरकारीको बिउ बितरण सुरु भएको छ ।
कृषि शाखाले काँक्रो, र्फसी, सिमि, करेला र भिण्डी गरी पाँच प्रकारका तरकारीका बिउ बितरण गरिरहेको शाखाकी प्रमुख मिना कुमारी थापाले बताउनुभयो । थापाले तरकारीको बिउ लिनका लागि नगरवासीहरुले नागरिकताको फोटोकपि र जग्गा धनि पुर्जाको फोटो कपि सहित तारकेश्वर नगरपालिका वडा नं ६ को कार्यालय परिसरमा रहेको कृषि शाखामा सम्पर्क राख्न आग्रह गर्नुभयो । कृषि शाखाले बार्षिक कार्यक्रम अनुसार पाँच थरी तरकारीको बिउ भएको ८३३ सेट बिउ बितरण गर्ने गरि बिउ खरिद गरिएको शाखा प्रमुख थापाले बताउनुभयो । बिउ बितरण सुरु भएको आज पहिलो दिनमै ५० सेट तरकारीको बिउ बितरण गरिएको थापाले बताउनुभयो । शाखाले पहिला आउने लाई पहिलो प्राथमीकता दिएर बिउ बितरण गर्ने जनाएको छ ।

No description available.

 

d

प्रतिक्रिया दिनुहोस्

Array