वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुत्रबारविश्वासको मत लिँदै छन् । नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बुधबार विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सत्तारुढ अर्को दल नेकपा एमाले उपस्थित हुने/नहुने अझै टुंगो लागेको छैन‚ जसका कारण प्रदेशसभाको बैठक अन्यौलमा परेको छ ।नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसभित्र विश्वासको मत दिने नदिनेबारे विवाद बढेपछि अन्तिम समयमा आएर बुधबार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।

राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता छ । गत पुस २६ मा वाग्मती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । सरकारको वर्तमान मन्त्रिपरिषद्‌मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका छन् ।

प्रदेशसभामा ३७ सिट रहेको कांग्रेस, ७ सिट रहेको एकीकृत समाजवादीसहित २१ सिट रहेको माओवादी र २ सिटको हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने प्रतिबद्धता मुख्यमन्त्री जम्मकट्टेलसँग गरेका छन् । कांग्रेसले भने सरकार सञ्चालनमा आलोपालो गर्नुपर्ने माग गरेको छ ।नेपाली पार्टीलाई मन्त्रिपरिषद्‌मा सहभागी नगराएर संसदीय समिति सभापति बनाउने वचन मुख्यमन्त्रीले दिएका छन् । २७ सांसद रहेको दोस्रो ठूलो दल एमाले र १३ सिटको राप्रपा भने विश्वासको मतको विपक्षमा जाने सम्भावना छ । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा जम्कट्टेललाई आवश्यक मत सहजै प्राप्त हुने स्थिति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array