कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

बिराटनगर, कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ ।

चैत १० मा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु)को घरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो विषयमा छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array