तारकेश्वरमा बस्ने अपांगता भएकाहरुलाई आर्थिक अवस्थाहेरी थप सामाजिक सुरक्षा भत्ता दिन सकिन्छ :नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ चैत्र २०७९, आईतवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं ।  तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले पुर्ण अशक्त रहेरपनि प्राविधिक कारणले रातो कार्ड पाउन नसकेका नगरपालिका भित्रका अपांगता भएका व्यक्तिहरुलाई सो सरह सुविधा दिन नगरपालिका तयार रहेको बताउनुभएको छ ।
तारकेश्वर नगरपालिका महिला,बालबालिका तथा समाजकल्याण शाखाले आयोजना गरेको अपांगता भएका व्यक्तिहरुलाई सम्मानपुर्वक संरक्षण गर्नका लागि परिवारका सदस्यहरुलाई स्याहार सम्बन्धि तालिमलाई उदघाटन गदै नगरप्रमुख महर्जनले अपांगता भएका नागरिकहरुलाई सम्मान पुर्वक जीवनयापन र नगरपालिका प्रति अपनत्व हुने गरि काम गरिरहेको बताउनुभयो ।

May be an image of 4 people, people standing and people sitting
नगरप्रमुख महर्जनले भन्नुभयो “हामीलाई अपांगता भएका नागरिकहरुले पनि भोट हालेर जिताउनु भएको हो, हामी जितेर आइरहंदा तपाँईहरुको समस्या बुझनु हाम्रो कर्तव्य पनि हो, व्यक्तिको शारिरिक अवस्था रातो कार्ड पाउनेको जस्तै भएपनि कानुनी परिधिका कारण निलो कार्ड पाइरहनु भएको भन्ने मैले गुनासो सुनेको छु त्यो हाम्रो कारणले होइन संघिय सरकारले बनाएको कानुनका कारणले गर्दा भएको हो, निलो कार्ड भएका अपांगता भएका नागरिकलाई रातो सरह सुविधा दिन नगरपालिका तयार छ, त्यसका लागि हामी कार्यपालीकाका लगेर भएपनि निर्णय गर्न तयार छौं,”
नगरप्रमुख महर्जनले नगरपालिका भित्र स्थायी बसोबास गर्ने अपांगता भएका नागरिकहरुको एकिन तथ्यांक संकलन पछि सेवा सुविधाको बारेमा उचित निर्णय लिने बताउनुभयो ।
तारकेश्वर नगरपालिका भित्र अपांगमैत्री विद्यालय बनाउने बिषयमा नगरपालिकाले सोच बनाएको बताँउदै नगरप्रमुख महर्जनले अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउन सिपमुलक तालिम लगायतका कार्यक्रम ल्याइने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अपांगता भएका व्यक्तिहरुका निम्ती केन्द्रीय सरकारले समयानुकुल नीति ल्याउनुपर्ने बताउनुभयो ।

May be an image of 5 people, people standing, people sitting and indoor
अपांगता परिचयपत्र बितरण सम्बन्धी कानुनमा परिमार्जनको खाँचो रहेको बताँउदै उपप्रमुख अर्यालले पुर्ण अशक्त भएपनि कानुनी त्रुटीका कारण अति अशक्त परिचयपत्र बितरण गर्नुपर्दामा आफुलाई असहज लाग्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गर्दामा मलाई कहिले काँही अतिनै पिडा हुन्छ, एकदम नमिठो लाग्छ, कोहि अपांगता भएका व्यक्तिलाई दुई जना व्यक्ति बसेर उठाउनु पर्दछ, ट्वाइलेट लैजानु पर्दछ, क्याथीयटर लगाएर उसलाई राख्नुपर्ने अवस्था छ, तर सरकारको पोलीसीमा उहाँलाई पुर्ण अपांगता हैन अति अशक्त अपांगामा राखिएको छ, नीलो कार्ड दिनुपर्ने अवस्था छ, उहाँले त्यसै अनुसारको सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ”
अपांगता भएका व्यक्तिका निम्ती परिवारको सदस्यहरुबाट मायाँ, सदभाव र उर्जाको आवश्इक रहेको बताँउदै उपप्रमुख अर्याललले भन्नुभयो “सक्षम बच्चालाई भन्दा १० गुणा भन्दा बढी अपांगता भएका बच्चालाई हुर्काउन गाह्रो हुन्छ, अपांगता भएका व्यक्तिलाई समय दिनुपर्दा त्यो परिवारमा समस्या छ, अपांगता भएका व्यक्तिहरुलाई सबै भन्दा बढी आवश्यकता तपाँईहरुको पर्दछ, कति गर्नु मैले पनि भन्ने लाग्ला त्यो स्वभावीक पनि हो, तपाँईले गर्ने बोली र व्यवहारले उहाँहरुलाई ठुलो हौसला र जिवन जिउन मद्धत गरिरहेको हुन्छ, त्यसैले अव ति सवै कुरालाई भुलेर तालिममा सिकेका कुरालाई घरमा लगेर लागु गर्नुहोला”

May be an image of 5 people, people sitting, people standing and indoor
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले अपांगता भएका व्यक्तिहरुलाई सम्मानपुर्वक जिबन बिताउनको निम्ती उद्यमसीलताको विकास गर्नुपर्ने बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुलाई उपलव्ध श्रोत र साधनको अधिनमा रहेर नगरपालिकाले सहयोग गर्न तयार रहेको बताँउदै डा. घिमिरेले तालिममा अविभावकहरुले उठाएका बिषयलाई आगामी दिनमा बजेट मार्फत सम्बोधन गरिने बताउनुभयो ।

सो अवसरमा तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले नगरपालिकाले प्रदान गरेको तालिमले अपांगता भएका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तनको अनुभुति मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिका महिला,बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्रले नगरपालिकाले अपांगा भएका व्यक्तिहरुको निम्ती रणनीति तयार गरेको बताँउदै आगामी दिनमा रणनीति अनुसारका कार्यक्रमहरु आउने बताउनुभयो ।

May be an image of text
शाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई सम्मानपुर्वक संरक्षण गर्नका लागि परिवारका सदस्यहरुलाई स्याहार सम्बन्धि ५ दिने तालिम आजबाट सुरु भएको छ । तालिममा तारकेश्वर नगरपालिकाका ११ वटा वडाका ३० जना पुर्ण अपांगता र अति अशक्त अपांगता भएका व्यक्तिहरुको परिवारका सदस्यहरुको सहभागीता रहेको छ ।

May be an image of 16 people, people standing and people sitting

May be an image of 15 people, people sitting and people standing

df

प्रतिक्रिया दिनुहोस्

Array