न्यायिक प्रतिष्ठानसंगको सहकार्यमा तारकेश्वर नगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरुको ८ दिने प्रशिक्षण सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०७९, मंगलवार
6 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र १४ । राष्ट्रिय न्यायिक प्रतिष्ठानसंगको सहकार्यमा तारकेश्वर नगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरुका लागि ८ दिने आधारभुत प्रशिक्षण सम्पन्न भएको छ ।
न्यायिक प्रतिष्ठानको सभाकक्षमा चैत्र ६ गते देखि सुरु भएको प्रशिक्षण चैत्र १३ गते सम्पन्न भएको हो । प्रशिक्षणमा तारकेश्वर नगरपालिकाका ११ वटै वडाबाट छनौट भएका मेलमिलापकर्ताहरु, न्यायिक समिति तथा जनप्रतिनिधिहरु गरि ३५ जनाको सहभागीता रहेको थियो । प्रशिक्षणमा २५ सैदान्तीक र ७ व्यवहारीक सत्रहरु सञ्चालन भएका थिए ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक बैद्यनाथ उपाध्यय, जिल्ला न्यायधिश÷फ्याकल्ट डा. रमेश प्रसाद रिजाल, मेलमिलाप परिषदका सदस्य राममणि गौतम, अतिवक्ता शतिस शर्मा, राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक पारस पौडेल, टेकनारायण कुंवर, अशोक कुमार क्षेत्री, भद्रकाली पोख्रेल, केदार पौडेल, मातृका निरौला लगायतका न्यायिक क्षेत्रका प्रतिष्ठीत व्यक्तिहरुले मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
न्यायिक प्रतिष्ठानले इतिहाँसमानै पहिलो पटक स्थानिय निकायसंग सहकार्य गरेर यस प्रकारको तालिम प्रदान गरेको प्रतिष्ठानका निर्देशक पारस पौडेलले बताउनुभयो ।

May be an image of 6 people, people sitting and people standing
स्थानिय निकायको रुपमा २०७३ सालमा तारकेश्वर नगरपालिका गठन भएपनि हाल सम्म कुनै पनि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना भएको थिएन् । वडाहरुमा मेलमिलाप केन्द्र नहुंदा तारकेश्वर नगरवासीहरुले मेलमिलापका लागि समेत नगरपालिकाको न्यायकि समितिमा पालो कुरेर बस्नुपर्ने अवस्था थियो भने वडा अध्यक्षहरु पनि दैनिक प्रशासनिक कामहरु भन्दा मेलमिलाप र झै झगडामा समय बिताउनुपर्ने अवस्था रहेको थियो ।
न्याय सम्पादनलाई चुस्त दुरुस्त र जनतालाई छिटो छरितो रुपमा न्याय प्रदान गर्ने उदेश्यले तारकेश्वर नगरपालिकाकी उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले पहिलो पटक नगरपालिकाका ११ वटै वडामा न्यायिक समिति गठन गर्न लाग्नु भएको हो । मेलमिलाप समितिको गठन पछि तारकेश्वरका नागरिकहरुले आफ्नै वडाबाट मेलमिलाप सम्बन्धी सेवा लिन सक्ने छन् ।

May be an image of 5 people, people sitting and people standing

मेलमिलापकर्ताहरुको आधारभुत प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कुनै ठाँउ, जात, जाति लिंग नहेरीकन समग्र न्यायिक हिसाबले काम गर्न मेलमिलापकर्ताहरुलार्ई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “तपाँईहरु त्यही वडामा बस्ने भएकाले मेलमिलापमा आउने मानिसहरुलाई स्पष्ट रुपमा चिन्नुहुन्छ, मेलमिलाप गर्ने क्रममा मेरो आफन्ता, मेरो इष्टमित्र, मेरो भाइभतिजा, मेरो बुहारी, मेरो दिदि हुनसक्छ तर तपाँईहरुले आफुले चिनेको मान्छेले गरेको कुरा न्यायिक छ कि छैन ? त्यो जजमेट गर्ने क्षमता र न्यायदिने क्रममा नाता सम्बन्धलाई भुल्न सक्ने कठोरता तपाँईहरुसंग हुनुपर्दछ । आजबाट तपाँईहरु न्यायका मुति हुनुहुन्छ, त्यसैले आज पाएको सटिफिकेटलाई सिरमा राखेर पक्कै पनि तपाँईहरुले अन्याय गर्नुहुनेछैन् भन्ने विश्वास लिएको छु ।”
तारकेश्वरका घर, घरमा न्यायहोस, घर घरमै सुविधा होस, घर घरका सबै नागरिक खुसी होउन भन्ने हेतुले मेलमिलापक केन्द्र निर्माण गर्न लागेको बताँउदै नगरप्रमुख महर्जनले न्याय दिने क्रममा पक्षपोषण नगरी सैदान्तीक र व्यवहारीक कुराहरुको फ्युजन गरेर मेलमिलाप गराउन आग्रह गर्नुभयो ।
नगरपालिकामा धेरै लामो समयसम्म लेन्दी भएर मेलमिलापका कुराहरु हुननहुने बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकामा भएका समग्र मेलमिलापका फाइलहरु नल हुनुपर्ने बताउनुभयो ।

May be an image of 4 people, people sitting and people standing
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले मेलमिलापकर्ताहरुको आधारभुत प्रशिक्षण पछि नगरपालिकाको ११ वटै वडाहरुमा मेलमिलापकेन्द्र गठन हुने बताउनुभयो ।
कतिपय वडाकार्यालयहरु साँघुरो ठाँउमा रहंदा मेलमिलाप केन्द्रका लागि स्थान अभाब रहेको बताँउदै उपप्रमुख अर्यालले अभाब रहेका ठाँउमा आगामी बर्ष बजेट मार्फत मेलमिलापकर्ताहरुलाई वडा कार्यालयमानै बस्ने कोठाको व्यवस्था हुने बताउनुभयो ।
कतिपय केसहरु वडा कार्यालय नपुगी सिधै न्यायिक समितिमा आइपुग्दा थप बोझ बढेको बताँउदै उपप्रमुख अर्यालले मेलमिलाप केन्द्र गठन भएपछि न्यायिक समितिमा आउने मुद्धाको संख्यामा कमिहुने अपेक्षा गर्नुभयो ।
नगरपालिकामा न्यायिक समितिले सोमबार र बुधाबार मुद्धामामिलाको केसहरु हेर्ने गरेको बताँउदै उपप्रमुख अर्यालले मेलमिलाप केन्द्रको गठन पछि सोहि दिन वडाहरुमा पनि मेलमिलापका कामहरु गर्न मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उपप्रमुख अर्यालले यो मेरो, यो तेरो नभनिकन मेलमिलापको नीतिमा बसेर काम गर्न मेलमिलापकर्ताहरुलाई सुझाब दिनुभयो ।

May be an image of 4 people, people sitting and people standing
राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक बैद्यनाथ उपाध्ययले समाजमा उत्पन्न बिबादलाई समाधान गर्ने सबै भन्दा उत्तम उपाय मेलमिलाप रहेको बताँउदै मेलमिलापले दुवै पक्षको जित गराउने बताउनुभयो ।
मुद्धा मामीलामा जाँदा कुनै एक पक्षको जित र अर्को पक्षको हार हुन्छ, आर्थिक नोक्सानी पनि हुन्छ निर्देशक उपाध्यायले भन्नुभयो “हामीले मेलमिलाप गर भनेको अंगालो हाल्ने हो, घुडा टेक्ने होइन मानिसलाई घुडा टेकाएर मेलमिलाप गर्ने पनि होइन, कसैलाई अन्याय परेको छ भने न्याय दिने हो ।”
गाँउगाँउमा गएर मेलमिलाप सम्बन्धी चेतना फैलाउनु जरुरी रहेको बताँउदै निर्देकक उपाध्ययले मेलमिलाप गराउने क्रममा न्यायकि मनको प्रयोग गर्न मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।
बिबादलाई समाधान गराउन र मेलमिलाप गराउन मेलमिलापकर्ताहरुको दुरदृष्टी हुनुपर्ने बताँउदै कार्यकारी निर्देशक उपाध्ययले भन्नुभयो “कुनै घटना, दुर्घटना होला भनेर र्फसेट बक्समा सिटामोल पनि राखेको हुन्छ, व्यान्डेज पनि राखेको हुन्छ, औषधी पनि राखेको हुन्छ, कैंची पनि रहेको हुन्छ तर कोहि लड्यो वा अचानक दुर्घटना भइहाल्यो भने अब तत्काल के गर्ने ? एकछिन आराम गराउने कि, घाउ लागेको छ भने व्यान्डेज लगाउने कि, औषधी खुवाइहाल्नुपर्ने हो कि तत्काल उसलाई राहत हुन के गर्नुपर्ने हो, टुलकिट भित्रको के औजार वा बस्तु प्रयोग गर्ने भन्ने त्यो तपाँईहरुको क्षमतामा भरपर्ने कुरा हो।”

May be an image of 8 people, people standing and people sitting
मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएकी तारकेश्वर नगरपालिकाकी न्यायिक समितिका सदस्य मिरा थापाले प्रशिक्षण कार्यक्रमबाट मेलमिलाप सम्बन्धी सैदान्तीक र व्यवहारीक ज्ञान मिलेको बताउनुभयो ।
मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको थियो ।
मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम समापनको क्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक पारस पौडेल, तारकेश्वर नगरपालिकाको न्यायिक समिति सचिवालयका अधिकृत तिर्थराज थापामगर, रामचन्द्र अर्याल, बिष्णु महत सहितको उपस्थीति रहेको थियो ।

May be an image of 6 people and people standing

May be an image of 3 people and people standingMay be an image of 4 people and people standingMay be an image of 4 people and people standing

May be an image of 5 people, people standing and text that says 'मेलमिलाप सम्बन्धी आघे प्रशिक्षण कार्यक्रम n 1 NIN388'

May be an image of 4 people, people sitting, people standing and text that says 'मेलमिलाप सम्बन्धी प्रशिक्षण oc कार्यत्र क'May be an image of 4 people, people standing and people sitting

May be an image of 4 people and people standing

May be an image of 3 people and people standing

May be an image of 5 people and people standing

May be an image of 4 people and people standingdf

प्रतिक्रिया दिनुहोस्

Array