नापी कार्यालय मनमैजुका सर्वेक्षक र लेखापढी व्यवसायी घुस सहित अख्तियारको नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जग्गा कित्ताकाँट गरिदिने भन्दै सेवाग्राहीसंग घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्वेक्षक र एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक रमेश उपरकोटी र मुक्तिनाथ कानुनी सेवाका सञ्चालक अभिषेक कार्की रहेका छन् । सेवाग्राहीलाई जग्गा कित्ताकाट गराइदिने प्रलोभनमा नापी सर्वेक्षक उपरकोटीले लेखापढी व्यवसायी कार्कीमार्फत घुस रकम डिल गरेका थिए । घुस मागिएको सूचना पाएपछि अख्तियारको टोली नापी कार्यालय मनमैजु पुगेको थियो । अख्तियारको टोलीले त्यसक्रममा मुक्तिनाथ कानुनी सेवाबाट नगद १ लाख ७५ हजार रुपैयाँ नगद फेला परेको हो । अख्तियारको टोलीले नापी सर्वेक्षकलाई कार्यकक्षबाट र लेखापढी व्यवसायीहरुलाई उनकै कार्यालयबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लेखापढी व्यवसायी कार्कीको साथबाट श्रोत नखुलेको रु. ७,६९,५००।– (सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैया) र अभिशेक कार्कीको नाममा काटिएको रु.१६,००,०००।– (सोह्र लाख रुपैयाँ) को चेक थान–३ (तीन) तथा सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको रु. १,८५,३८८।– (एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ) फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
हाल किताकाँट बन्द रहेपनि मनमैजु मालपोत र नापी कार्यालयमा सेटीङमा किताकाँटको काम हुने गरेको छ । अख्तियार टोलीले मालपोत कार्यालयलाई समेत लक्षीत गरेर स्ट्रङ अप्रेसन गरेपनि त्यहाँबाट ठोस प्रमाणहरु नभेटीएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्