तारकेश्वरका महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको प्रर्दशनी गरिने, प्रदर्शनी व्यवस्थापनका लागि प्रस्ताव आब्हान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने महिलाहरुलाई प्रोत्साहन गर्नका लागि तारकेश्वर नगरपालिकाले महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी व्यवस्थापनका लागि आब्हान गरेको छ ।
नगर महिला तथा बालबालिका समन्वय समितिको संयोजक एवं नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा चैत्र १ गते बसेको समितिको बैठकले महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी व्यवस्थापन संस्थाहरुको प्रस्ताव आब्हान गर्ने निर्णय गरेको छ । तारकेश्वरमा महिला शसक्तिकरणमा काम गर्ने,उद्यमी महिला संघ,संस्था, समिति, उद्यमी व्यवसायी समिति लगायतले प्रस्ताव पेश गर्न सक्नेछन् ।
प्रदर्शनका लागि छनौट भएको संस्थालाई नगरपालिकाले ५ लाख आर्थिक सहयोग उपलव्ध गराउने तारकेश्वर नगरपालिकाको महिला तथा बालबालीका शाखाकी प्रमुख प्रतिमा मिश्रले बताउनुभयो ।

No description available.
नगरपालिकाले यस अघि २०७९ माघ १० गते पनि प्रदर्शनी व्यवस्थापन गर्नका लागि संस्थाहरुको प्रस्ताव आब्हान गरेको थियो । प्रदर्शनी व्यवस्थापन गर्ने संस्थाहरुबाट प्रस्ताव नआएपछि पुन शाखाले प्रस्ताव आब्हान गरेको हो ।
शाखाको आब्हानमा नगरपालिकाको सभाहलमा ५ दिन देखि अपांगता भएका व्यक्तिहरुलाई स्याहार सम्बन्धी तालिम चलिरहेको छ । तालिमको आज नगरप्रमुख कृष्ण हरि महर्जनबाट समापन गर्ने कार्यक्रम रहेको शाखा प्रमुख मिश्रले बताउनुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array