कार्यकारी अधिकृत र वडाअध्यक्ष यादवलाई घुस लिएको अभियोगमा पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array