अर्थशास्त्री वाग्लेद्वारा कांग्रेस पार्टी छाडेको घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ,  अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।”

उहाँले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array