वडा अध्यक्ष श्यामकृष्ण सापकोटाको पहलमा तारकेश्वर ८ मा खाल्टा परेका पक्की सडकहरुको मर्मत सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाको पहलमा वडा भित्रका कालोपत्रे सडकहरुको खाल्टाहरु पुर्न सुरु गरिएको छ ।
सडकहरुमा रहेका खाल्टाहरुका कारण यातायात आवागमनमा असहज हुने र सवारी दुर्घटना समेत बढने भएकाले तारकेश्वर नगरपालिकासंग समन्वय गरेर वडाले सडकको खाल्टा पुर्न सुरु गरेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “खाल्टो पुर्नका लागि हामीसंग पर्याप्त बजेट छैन्, मेयर सापले प्राविधिकलाई इष्टीमेट गराएर काम गदै गराउनु बजेट व्यवस्था गरौंला भन्नुभएको छ, आज देखि हामीले काम थालेका छौं”
सापकोटाले आज टुसाल मल्टीभेनोको अगाडी सडक देखि टुसालचौर सम्मको पक्की सडकमा रहेको खाल्टापुर्ने काम भएको बताउनुभयो । भोली देखि बाँकी ठाँउहरुका सडकका खाल्टा पुर्ने काम गरिने बताउनुभयो ।

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array