तारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ चैत्र २०७९, शुक्रबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं ।  मानव अंग प्रत्यारोपण गर्ने उद्देश्यले १० वर्ष अगाडी नेपाल सरकारको लगानीमा स्थापना भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तारकेश्वर नगरपालिकामा शाखा राख्ने आसय सहित नगरपालिकासंग प्रस्ताव राखेको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहित नगरपालिकालाई शाखा बिस्तारका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो । हाल भक्तपुरमा रहेको केन्द्रले तारकेश्वरमा ५० शैयाको प्रत्यारोपण केन्द्र राख्ने उदेश्य सहित नगरपालिकासंग शाखा राख्नको लागि सहयोग माग गरेको हो । केन्द्रको काठमाण्डौं उपत्यकामा अन्त कहिपनि शाखा रहेको छैन् । तारकेश्वरमा उपत्यकाकै पहिलो शाखा राख्न सकिएमा प्रत्यारोपणका लागि देशैभरबाट बिरामीहरु आउने छन् । सो अवसरमा केन्द्रको प्रस्तावका बारेमा नगरप्रमुख कृष्ण हरि महर्जनले सकारात्मक रुपमा लिएको बताँउदै नगरकार्यपालिकाको बैठकले उचित निर्णय गर्ने बताउनुभयो ।
यसै बिच, तारकेश्वर नगरपालिकाले साङला अस्पतालमा सुरु गर्न लागेको निशुल्क डायलसिस सेवाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्राविधिक र नेफ्रोलोजि सेवा उपलव्ध गराउने भएको छ ।
निशुल्क डायलसिस सेवाका लागि तारकेश्वर नगरपालिका र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बिच आज ८ बुंदे सम्झौता भएको छ । सेवा उपलव्ध गराउने बारेमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बिच समझदारीपत्रमा हस्तारक्षर भएको हो ।
सम्झौतामा साङला प्राथमीक स्वास्थ्य सेवा केन्द्रमा डायलसीस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको हुने र नेफ्रोलोजि सेवा केन्द्रले उपलव्ध गराउने उल्लेख गरिएको छ ।
त्यस्तै, साङला प्राथमीक स्वास्थ्य सेवा केन्द्रमा डायलसीस सेवा सञ्चालनका लागि आवश्यक बायोमेडिकल टेक्नीसियन तारकेश्वर नगरपालिकाको आफ्नै व्यवस्था नहुंदा सम्म कार्यालय समयमा केन्द्रले बायोमेट्रीक टेक्नीसियन उपलव्ध गराउने छ ।
त्यस्तै, डायलसीस सेवा सञ्चालनका लागि आवश्यक डक्टर, नर्स, बायोमेडिकल टेक्नीसियन र सरसफाई सहायकको तालिमका लागि केन्द्रले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । प्राविधिक सहयोग र सेवाका लागि तारकेश्वर नगरपालिकाले आर्थिक व्यवस्था गर्ने छ ।

May be an image of 11 people, people standing, people sitting and text that says '31 Mar 2023, 10:35'
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, साङला प्राथमीक सेवा केन्द्रका मेडिकल अधिकृत डा. नहकुल पौडेल, स्वास्थ्य शाखाका निमित्त प्रमुख गणेश कुंवर तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, नसीङ अधिकृत अस्मीता कटुवालको उपस्थीति रहेको थियो ।
समझदारी पत्रमा हस्ताक्षर गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बैशाखको पहिलो हप्ता भित्रै साङला अस्पतालबाट निशुल्क डायलसीस सेवा सुरुहुने बताँउनुभयो ।
डायलसीस सेवा सञ्चालनका कार्यालयमा ६ वटा मेसिनहरु तयारी हालतमा राखिएको छ भने डायलसीसमा प्रयोग गरिने पानी परिक्षणको रिपोर्टहरु समेत आइसकेको स्वास्थ्य शाखाका निमित्त प्रमुख गणेश कुंवरले बताउनुभयो । हिजो मात्र डायलसीस सेवाको तयारीका बारेमा जानकारी लिनका लागि बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा, ल्याब टेक्नीसियन शुशिल आचार्य, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ र नसिङ अधिकृत अस्मीता कटुवाल सहितले अनुगमन गर्नुभएको थियो । डायलसीस सेवा सञ्चालनका लागि बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । तारकेश्वर नगरपालिकाले स्वीकृतिका लागि निवेदन पेश गरेपछि कार्यालयबाट डा झाको नेतृत्वको टोलीले अस्पतालको अनुगमन गरेको हो । अनुगमन पछि डा. झा ले डायलसीस सञ्चालनका लागि साङला अस्पतालले प्राविधिक र अन्य सवै प्रकृया पुरा गरेको बताँउदै निर्देशनालयले चाँडैनै स्वीकृति दिने बताउनुभएको थियो ।
सो अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कुृष्ण बहादुर घिमिरेले अरुले प्रश्न उठाउने ठाँउ नहुने गरि सवै प्रकृया पुरा गरेर नगरपालिकाले डायलसिस सञ्चालन गर्ने बताउनुभयो । डा. घिमिरे नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर आएसंगै डायलसीस सेवा सञ्चालनको लागि अहोरात्र मेहनत गरिरहनु भएको छ ।
तारकेश्वर नगरपालिकाले १ करोड २५ लाख रुपयाँको लगानीमा ६ वटा डायलसीस मेसिन खरिद गरेको छ । बैशाखको पहिलो साता भित्रै डायलसीस सेवा सञ्चालन गर्ने लक्ष्य सहित कामहरु द्रुत गतिमा अगाडी बढी रहेको छ । यस अघि फागुन २५ गते विश्व मृगौला दिवसको अवसरमा डायलसीस सेवा सुरु गर्ने तयारी भएपनि प्राविधिक समस्याको कारण सेवा सुचारु गर्न ढिलो भएको तारकेश्वर नगरस्वास्थ्य शाखाले जनाएको छ । मृगौला जोगाँउ अभियानका अभियन्ता बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पावन जन्मभुमि तारकेश्वर नगरपालिका रहेकाले तारकेश्वर नगरपालिकामा डायलसीस सेवा सुरु गराउनको लागि श्रेष्ठको समेत सक्रिय पहल भइरहेको छ ।

के हो त शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ?
नेपाल सरकारको पुर्ण लगानीमा स्थापना भएको यस केन्द्रले बार्षिक २ सय जनाको मृगौला प्रत्यारोपण गर्ने गरेको छ भने ४ सय जना प्रतिक्षामा रहने गरेका छन् । नेपालमा हाल ३ हजार जति नेपालीको मृगौलाको प्रत्यारोपण गराउनु पर्न अवस्था रहेको केन्द्रको दावी छ । हाल सम्म स्थापना भएयता केन्द्रले १ हजार बढी मृगौला प्रत्यारोपण गरिसकेको छ ।
वि.सं. २०७२ मंशिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गर्नका साथै मुटुको शल्यक्रिया समेत गरिरहेको केन्द्रमा चिकित्सा विज्ञानमै जटिल मानिने मृर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रिया एउटै तल्लामा सम्पन्न हुने गरेको र विश्वमा यस्तो विरलै हुने गरेको छ ।
केन्द्रले सातै प्रदेशमा शाखा बिस्तार गर्ने गरि स्थानीय निकाय र प्रदेश सरकारसंग सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array