तारकेश्वर नगरपालिकाको आयोजनामा फुटुङमा रक्तदान कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा फुटुङमा निशुल्क रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नगरस्वास्थ्यको नियमित कार्यक्रम अन्तर्गत आज फुटुङमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको तारकेश्वर नगर स्वास्थयका निमित्त प्रमुख गणेश कुंवरले बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङको वडा कार्यालय भबनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा कर्मचारी, महिला स्वास्थ्य स्वयमसेवीका सहित २५ जनाले रक्तदान गरेको शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ७ की जनस्वास्थ्य निरिक्षक सृजना बस्नेतले बताउनुभयो । सो अवसरमा ३२ जना बिरामीहरुको समेत खकार परिक्षण गरिएको थियो ।

No description available.

May be an image of 1 person and indoorकार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई वडा अध्यक्ष सानुकाजी खत्रीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रक्तदान कार्यक्रममा वडा सदस्य रघुनाथ ढकाल,दिनेश मर्हजन, वडा सचिब हरिकृष्ण अर्याल, स्वास्थ्य शाखाका भरत पाण्डे सहितको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array