तारकेश्वरको दगुर्नेपानीमा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना, २९८ जनाको स्वास्थ्य परिक्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ चैत्र २०७९, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ४ तथा शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ४ को संयुक्त आयोजनामा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ४ को कार्यालय दगुर्नेपानीमा आयोजना गरिएको शिविरमा २९८ जनाको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण गरिएको शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ४ का प्रमुख सत्यनारायण शाहले बताउनुभयो । शिविरमा परिक्षणका लागि आएका मध्य १९ जना मोतिया बिन्दुको बिरामी भेटीएको शाहले बताउनुभयो ।
स्वास्थ्य शिविरमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी र दाँत सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको थियो ।

No description available.
स्वास्थ्य शिविरको उदघाटन गदै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले महिलाहरुले लाजका कारण रोग लुकाउने गरेकाले पाठेघको क्यान्सर जस्तो गम्भीर रोगको सिकार भइरहेको बताँउदै डक्टरहरुसंग निर्धक्क भएर आफ्ना समस्या राखेर स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले खानपान र आहारबिहारको सन्तुलन नमिल्दा मानिसहरु बिभिन्न रोगको सिकार भइरहेको बताँउदै नियमीत व्याम र विशेषज्ञ डक्टरहरुको परामर्शमा नियमीत स्वास्थ्य परिक्षण गराउन नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठले एउटै स्वास्थ्य शिविरमा धेरैप्रकारका रोगहरुको परिक्षण र औषधीहरुको बितरण भइरहेको बताँउदै सहभागी भएर लाभ लिन वडाबासीहरुलाई आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ४ घर भई अस्ट्रेलियमा बस्दै आएका तेक्वान्दोका खेलाडी रपन राउनलाई सम्मान गरिएको थियो । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले राउतलाई सम्मान गर्नुभएको हो । राउतले अस्ट्रेलियको सिडनीको गोल्डकोइष्टमा भएको ब्रिचवन ओपन च्याम्पीयनमा देशको नाम राख्दै रजत पदक दिलाउन सफल भएका थिए । नेपाल आएको अवसरमा राउतलाई उक्त सम्मान गरिएको हो । सम्मान पछि राउनले आफुलाई हौसला मिलेको बताउनुभयो ।

No description available.

बृहत स्वास्थ्य शिविरको उदघाटन कार्यक्रममा तारकेश्वर नगरस्वास्थ्य शाखाका निमित्त प्रमुख गणेश कुंवर, शाखाका भरत पाण्डे, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ११ की प्रमुख सुमित्रा उपाध्यया लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array