तारकेश्वरमा एसईई परीक्षा सञ्चालन भइरहेका ८ परीक्षा केन्द्रको नगरप्रमुख र उपप्रमुख सहितको टोलीको निरिक्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । माध्यामीक तह (एसईई ) परीक्षाको दोश्रो दिन आज अनिवार्य गणित बिषयको परिक्षा सम्पन्न भएको छ ।
एसईई परीक्षामा तारकेश्वर नगरपालिकाका ७४ सामुदायिक र संस्थागत विद्यालयका २१९७ जना विद्यार्थीहरु सहभागी भएका छन् । तारकेश्वरमा ८ वटा केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेका छन ।
यसै बिच एसईई परीक्षा सञ्चालन भइरहेका तारकेश्वर नगरपालिका भित्रका ८ परीक्षा केन्द्रहरुको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, लेखा अधिकृत खिला बास्कोटा सहित तारकेश्वर नगरशिक्षाको टोलीले अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा एक सरकारी विद्यालयको केन्द्रका केन्द्रध्यक्ष सहितले पोशाक नलगाई परीक्षामा सहभागी भएको पाएपछि नगरप्रमुखले भोली देखि सबै सामुदायिक विद्यालयका केन्द्रध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षकहरुले अनिवार्य रुपमा पोशाक लगाएर बस्नुपर्ने कडा निर्देशन दिएको दिनुभयो । अनुगमनको क्रममा परीक्षा व्यवस्थीत, मर्यादीत र शान्तिपुर्ण रुपमा सञ्चालन भइरहेको पाइएको नगरप्रमुख महर्जनले बताउनुभयो ।
नगरप्रमुख सहितको अनुगमनबाट परीक्षा केन्द्रका केन्द्रध्यक्षहरु अत्यन्त उत्साहीत भएको र बिगतमा हुन नसकेको यस्तो अनुगमन सुरु भएकोमा केन्द्रध्यक्षहरुले खुसी व्यक्त गर्नुभएको तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
अनुगमनका क्रममा हिमरश्मीका प्रिन्सीपल लोकेन्द्र बिष्टले नगरप्रमुख सहितको टोलीको अनुगमन र विद्यालयमा भएको उपस्थीतिले सिंगो नगरपालिकानै विद्यालयमा आएको अनुभुति भएको बताउनुभयो ।
नगरप्रमुख सहितको टोलीले परिक्षा सञ्चालन भइरहेको लालिगुराँस नेश्नल स्कुल, हिम रश्मी हाई स्कुल, ग्रामसेवा मावि, फुटुंङ मावि, मनमैजु मावि, मानसिंह धर्म मावि, कौशल मा.वि र साङला बालकुमारी मा.वि को परीक्षा अनुमगन गर्नुभएको हो । परीक्षा सञ्चालन भइरहेका केन्द्र मध्य सबै भन्दा बढी मानसिंह धर्म माध्यामिक विद्यालय केन्द्रबाट ३२५ विद्यार्थीहरुले परिक्षा दिइरहेका छन् ।

No description available.

No description available.

yu

प्रतिक्रिया दिनुहोस्

Array