द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी धन्यवाद दिएका हुन् ।

भेटका क्रममा सहभागी व्यक्तिहरूले सत्यनिरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

देशको राजनीतिक र सामाजिक रूपान्तरणका लागि आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गरिने प्रधानमन्त्री दाहालले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array