तारकेश्वरमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० चैत्र २०७९, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा तारकेश्वर नगरपालिका र काठमाण्डौं जिल्ला सहकारी संघ लिमिटेड, तारकेश्वर नगर उपसमितिको संयुक्त आयोजनामा छलफल कार्यक्रम आयोजना गरिएको छ ।

May be an image of 3 people, people standing and people sitting
तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा आयोजना गरिएको कार्यक्रमलाई उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सहकारी प्रति प्रत्यक घरघरमा अविश्वासको वातावरण पैदा भइरहेको बताँउदै अर्थतन्त्रको यस संकटपुर्ण अवस्थामा सहकारीहरु बिच सहकार्य र एकताको आवश्यक रहेको बताउनुभयो ।
आर्थिक मन्दी र सहकारीका बारेमा बजारमा चलेका गलत हल्लाले नागरिकहरुको घरघरमा पुंजी थुप्रीरहेको बताँउदै नगरप्रमुख महर्जनले त्यसले समग्र अर्थतन्त्रमानै प्रभाव पारेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको बिकासका निम्ती आफु लागि परिरहेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वरको विकासका निम्ती सहकारीहरुसंग हातेमालो गरेर अगाडी बढन चाहेको बताउनुभयो ।

May be an image of 4 people and people standing
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सहकारीहरुले दायित्व, जिम्मेवारी र क्षेत्राधिकार बाहिर गएर लगानी गर्दा आर्थिक संकटमा नराम्रोसंग फसेको बताँउदै सहकारीका हक हितमा खोलीएका संस्थाहरुले यस अवस्थामा सहकारीलाई बचाउन पहल कदमी थाल्नुपर्ने बताउनुभयो ।
आर्थीक मन्दीका कारण सहकारीका सञ्चालकहरु घर छाडेर हिडने देखि आत्महत्या सम्म रोज्नुपर्ने अवस्था आइरहनु दुखपुर्ण रहेको बताँउदै उपप्रमुख अर्यालले यस दुखद अवस्थामा सदस्यहरु मिलेर सहकारीलाई जोगाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सहकारीको मानिस भनेपछि अहिले बोल्न डराउने अवस्था भइसकेको छ, कतिले घर छाडेर भागेको र सुसाइडको अवस्था सम्म पुगेको खबर सुन्न पाइन्छ, म पशुपतिनाथसंग प्रार्थना गर्दछु, तारकेश्वरका सहकारीहरुले यस्तो प्रकारको समस्या भोग्न नपरोस”
कार्यक्रममा तारकेश्वर नगरपालिकाका सहकारी शाखाका प्रमुख तिर्थराज थापाले तारकेश्वर नगरपालिका क्षेत्र भित्र कार्यरत ८७ मध्य दुईवटा कृषी सहकारीहरु संकटग्रस्त अवस्थामा रहेको बताउनुभयो ।

May be an image of 1 person, standing and indoor
सहकारी संस्थाहरुका सञ्चालक र व्यवस्थापकहरुको अधिनमा मात्र सहकारीहरु सञ्चालन हुंदा समस्या पैदा भएको बताँउदै सहकारी शाखा प्रमुख थापाले कतिपय सहकारीमा सञ्चालकहरुकै ऋणको हिस्सा बढी भएको पाइएको बताउनुभयो ।
तारकेश्वर नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, तारकेश्वर नगरपालिका बिभिन्न शाखाका प्रमुखहरु, तारकेश्वरमा कार्यरत सहकारीका प्रतिनिधिहरु सहितको उपस्थीति रहेको थियो ।

May be an image of 7 people, people standing, people sitting and indoor

May be an image of 8 people and people standing

May be an image of one or more people, people standing, people sitting and indoor

df

प्रतिक्रिया दिनुहोस्

Array