मनमैजु अजिमा जात्रा सुरु, जात्रा व्यवस्थीत गर्न नगरप्रमुख कृष्ण हरि महर्जननै सक्रिय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ चैत्र २०७९, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजुमा रहेको मन्दिरमा हिजो एतिहासिक मनमैजु जात्राको लिङ्गो उठाएर बिधिबत रुपमा जात्रा सुरुभएको छ । धर्मस्थलीमा मनाईने घोडे जात्रा सकिए लगतै मनमैजुमा लिङ्गो उठाएर जात्राको विधिवत सुरुवात गरिएको हो । मनमैजुमा सुरु भएको जात्राको भोली पल्टनै बाइसधारा जात्रा तथा जामाचो मेला पनि हुने गर्दछ ।
मनमैजु जात्रा सुरु भएसंगै मन्दीर आसपास तथा मुख्य सडकमा पुरै सजिसजाउ गरिएको छ । सडकहरुमा झिलिमिली बत्तीहरु तथा माला र तोरणहरुका कारण मनमैजु अहिले दुलही जस्ती सजिएको छ । मनमैजुको जात्रालाई बिगतको भन्दा अझै विशेष बनाउनका लागि नगरप्रमुख कृष्ण हरि महर्जन लागि पर्नुभएको छ । नेवार समुदायहरुको मुख्य बस्ती रहेको मनमैजुबाट तारकेश्वरको कृष्ण हरिले नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएपछि यहाँको पौराणीक, धार्मिक र एतिहाँसीक सम्पदाहरुको संरक्षणका लागि स्थानीय सरकारको समेत ध्यानार्कषण भएको छ ।

May be an image of 7 people and outdoors

No description available.

No description available.
यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती हो मनमैजु । यस वस्तीमा मनाइने विभिन्न जात्रा पर्वहरुमध्ये एक महत्वपूर्ण जात्रा पर्व हो मनमैजु अजिमाको जात्रा । मनमैजु नामाकरण र जात्राको सम्बन्धमा प्राप्त ऐतिहासिक किंवदन्तीहरुमा धेरै कुराहरु उल्लेख गरिको छ । त्यसमध्ये पनि प्राप्त ऐतिहासिक किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुण कामदेव एक दिन नागार्जुन डाँडा (बालाजु रानीवन) मा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी (अजिमास ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनोआकाङक्षा पूरा हुने भनी सपना देखेछन्।
त्यसको भोलिपल्ट बिहान अग्लो स्थानबाट चारैतिर हेदा पानीको दह भएको, काँडाहरुको झयाङैझयाङ वीच एउटा मन्दिर र स–साना वस्तीहरु देखेपछि गुणकाम देवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरि त्यहाँको स्थानीयवासीलाई जागृत गराई देवीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरि पाँचौँ दिनमा देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुण कामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजु देवी नामबाटै यस गाँउको नाम मनमैजु रहनगएको उल्लेख रहेको पाइन्छ ।

मनमैजु जात्रा काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित मनमैजु मन्दिरसँग सम्बन्धित छ । यो जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरू गरिएको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array