तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन उपत्यका मेयर्स फोरमको कोषाध्यक्षमा चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने उपत्यका मेयर्स फोरमको कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन चयन हुनुभएको छ ।
बिहीबार सम्पन्न फोरमको बैठकले महर्जन कोषाध्यक्षमा चयन हुनुभएको हो । तारकेश्वर नगरपालिकाको प्रमुखको रुपमा पदभार ग्रहण गरेसंगै नगरपालिकाको बिकासमा अहोरात्र खटीनु भएका महर्जनलाई फोरमका सदस्यरहनु भएका उपत्यकाका मेयरहरुले कोषाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी प्रदान गर्नुभएको हो । तारकेश्वर नगरपालिकाका मेयर महर्जन उपत्काभित्रका त्यस्ता मेयर हुन जस्ले आफ्नो तलब र सुविधाहरु सबै संकलन गरेर परोपकारी काममा खर्च गदै आइरहनु भएको छ । तारकेश्वर नगरपालिकाको हितमा नगरप्रमुख महर्जनले छोटो अवधिमानै गरेका निकै उदाहारणीय कामहरुको बारेमा उपत्यकाका मेयर्रहरुको फोरममा चर्चा हुने गरेको छ ।
विहिबार सम्पन्न मेयर्र फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ ।
फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
फोरमको सदस्यमा उपत्यकाका बाँकी अन्य सबै नगरका प्रमुख रहेका रहनुभएको छ । फोरमको बैठकले उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।

उपत्यका मेयर्स फोरममा महर्जन

प्रतिक्रिया दिनुहोस्

Array