सशस्त्र प्रहरीको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौं ।  सशस्त्र प्रहरी बलको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यही चैत १९ गतेदेखि पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुमा सञ्चालित दौड, फुटबल, भलिबल, ब्याटमिन्टन प्रतियोगिता प्रतियोगिता आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले खेलकुद मानव जीवन महत्वपूर्ण अङ्ग भएको बताउँदै सकारात्मक सोचका साथ खेलकुद प्रतियोगितामा सहभागी भएमा सदैव सफलता मिल्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, सेवाप्रतिको निष्ठा, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता विकास गराउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम, नम्बर २१ गण दक्षिणकाली द्वितीय र नम्बर २० विपद् उद्धार गण तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।–

प्रतिक्रिया दिनुहोस्

Array