थानापति सेवा समाजद्धारा सुभकामना तथा सम्मान कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ चैत्र २०७९, आईतवार
3 Min Read
Aa

काठमाण्डौं । थानापति सेवा समाजले ज्येष्ठ नागरिक, पत्रकार, समाजसेवी र सेवानिवृत्त कर्मचारी लगायत समाजका बिभिन्न क्षेत्रमा रहेर देशका लागि योग्दान दिनुहुने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु मानसिंह स्कुल नजिक रहेको त्रिबेणी ब्याङकेटमा शनिबार आयोजना गरिएको एक विशेष कार्यक्रममा समाजले ८० जनालाई सम्मान गरेको हो । सो अवसरमा समाजले नववर्ष २०८० को पूर्वसन्ध्यामा प्रकाशन गरेको भित्तेपात्रोको लोकार्पण तथा नयाँ बर्षको सुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
समाजको विशेष सम्मान प्राप्त गर्नेमा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, गाउँपालिकाका पूर्वअध्यक्ष एवं शिक्षासेवी रामकृष्ण थापा, शिवपुरी गाउँपालिका वडा नं ८ का अध्यक्ष केशवप्रसाद रिजाल, सगरमाथा पोष्ट डट कम तथा अग्निवाँण पाक्षिक पत्रिकाका सम्पादक रविनप्रसाद थपलिया, शिवपुरी ८ का पूर्ववडाध्यक्ष पदमबहादुर थपलिया, युवा कृषि उद्यमी रामप्रसाद पुडासैनी, तत्कालीन थानापति गाविस अध्यक्ष तथा समाजसेवी बद्रीप्रसाद पाठक, काठमाडौँको टोखा नगरपालिका–११ का सदस्य महेश थपलिया लगायत रहनुभएको छ ।
विशेष सम्मान प्राप्त गर्नुभएका व्यक्तित्वहरुलाई नेपाल सरकारका सचिव रामप्रसाद थपलिया, नेपाल सरकारका पूर्वसचिव तुलसीप्रसाद सिटौला, समाजका अध्यक्ष होमनाथ थपलिया लगायतले सम्मान प्रदान गर्नुभयो ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ (तत्कालीन थानापति गाविस) मा जन्मेर हाल देश विदेशमा विभिन्न पेसा व्यावसायमा आबद्ध व्यक्तिको सहभागितामा विसं २०६६ मा स्थापित सो संस्थाका आजीवन सदस्य वा सदस्यका ७० वर्ष उमेरमाथिका मातापिता गरी ३३ ज्येष्ठ नागरिक, विभिन्न निकायबाट निवृत्त कर्मचारी ३९ र विशेष सम्मान आठ गरी ८० जनालाई सम्मान गरिएको संस्थाका सचिब पुरुषोत्तम थपलियाले बताउनुभयो ।
समाजद्धारा सम्मानीत हुनुहुनेहरुमा शैक्षिक सेवाबाट सेवा निबृत्त हुनुभएका कुम्भेश्वर मा.विका पुर्व प्रधानाध्यापक राजनप्रसाद थपलिया, जनज्ञान क्याम्पसका पुर्व क्याम्पस प्रमुख महेश प्रसाद सिलवाल, महेन्द्र प्रा.विका पुर्व प्रधानाध्यापक प्रेम प्रसाद पाठक, पुर्व शिक्षकहरु बद्री प्रसाद थपलिया, श्याम पाण्डे, भैरब पाण्डे, रामेश्वर थपलिया, मेघनाथ थपलिया, नेपाल प्रहरीबाट सेवा निबृत्त हुनुभएका पुर्व डिएसपी गोविन्द प्रसाद पाठक, पुर्वप्रहरी निरिक्षक जिबलाल पाण्डे, पुर्व प्रहरीहरु राजु थपलिया, अर्जुन थपलिया, नेपाली शेनाबाट सेवा निबृत्त हुनुभएका श्याम थपलिया र जयहरी थपलिया लगायत सम्मानीत हुनुभएको थियो ।
कार्यक्रममा गायक बसन्त प्रसाद थपलिया सहित कलाकारहरुले गीत तथा भजन गाउनु भएको थानापति सेवा समाजका कोषाध्यक्ष बद्री खकुरेलले बताउनुभयो । शिवपुरी–८ मा रहेको थानापति दामचन्द्रमाला मन्दिरका नामबाट थानापति गाउँको नामकरण भएको हो । देशभरका थपलियाको महत्वपूर्ण तीर्थस्थल मानिने उक्त मन्दिरमा हरेक मङ्सिर धान्यपूर्णिमामा मेला लाग्ने गरेको छ । सो मन्दिरको पुनःनिर्मित भवनको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत महिना आयोजित श्रीमद्भागवत पुराणको पूर्वाङ्गका अवसरमा उद्घाटन गर्नुभएको थियो ।

May be an image of 4 people and temple

May be an image of text that says 'அனகत सेवा सोगव काढमाडी ર્કાર थानापति सेवा समाज गोंगबु, काठमाण्डी २०६६ नव वर्ष २०τ० सालको पावन अवसरमा शुभकामना आदान प्रदान, क्यालेण्डर लोकार्पण तथा ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान कार्यक्रम मिति: २०७ चैत શ५ गते, शनिबार स्थान त्रिवेणी व्याडक्वेट, मनमैजु समय: दिऊँसो ۹१ बजे काठमाडी'

May be an image of 2 people and dais

df

प्रतिक्रिया दिनुहोस्

Array