दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् । घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । घाइते ध्रुवको उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array