तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनद्धारा वडा नं ६ को अष्टमान टोलमा महिलाहरुलाई कृषि सामग्री वितरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ चैत्र २०७९, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि मर्हजनले फोहरमैला घरबाटै उचित व्यवस्थापन गर्न सकिएमा मात्र फोहरमैला व्यवस्थापनको अभियान पुरागर्न सकिने बताउनुभएको छ ।

May be an image of 6 people
तारकेश्वर नगरपालिका वडा नं ६ को अस्टमान टोल स्थीत नमुना महिला समुहको आयोजनामा घरायसी फोहमैला व्यवस्थापन, कम्पोष्टमल, कौशी तरकारी खेती तालिम समापन तथा कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले घरमा भएका फोहर टोलमा फालेपछि घर सफा हुन्छ भन्ने गरिब मानसिकताबाट मुक्त हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले घरबाट फोहर बाहिर निकाल्दैमा सफा हुन्छ भन्ने सोचनै गलत छ, घर त सफा होला तर बाहिरबाट हेर्ने मानिसले टोलमा फोहर देखेपछि घरपनि फोहरै हुन्छ भन्ने सोच्छन्, त्यसैले अव घर, टोल हुदै नगर सफाल गर्ने अभियानमा जुटौं ”
तारकेश्वर नगरपालिकाले फोहर व्यवस्थापन तथा सरसफाइमा ३ करोड ३५ लाख बजेट बिनियोजन गरेको बताँउदै नगरप्रमुख महर्जनले फोहरमैला व्यवस्थापन र महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नगरप्रमुख महर्जन केहि महिना अघि मात्र तारकेश्वर नगरपालिकाको फोहरमैला व्यवस्थापन र ढल व्यवस्थापनमा जापानी प्रविधिको प्रयोगको सम्भाव्यताको बारेमा जानकारी लिनका लागि जापान भ्रमण गर्नुभएको थियो । नगरपालिकाको हितका निम्ती गरिएको उक्त भ्रमण नगरप्रमुख महर्जनले आफ्नै खर्चबाट गर्नुभएको थियो ।

May be an image of 6 people and dais
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले फोहरमैला व्यवस्थापनका निम्ती वडा कार्यालयले पहिलो पटक महिला समुह मार्फत अभियान सुरु गरेको बताँउदै सफल भएमा नगरपालिकाका अन्य वडाहरुमा पनि यस्तै अभियान सुरुहुने बताउनुभयो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले महिला समुहलाई तालिम र कृषि सामग्री बितरणका लागि अस्टमान टोल सुधार समितिका अध्यक्ष एवं समाजसेवी राजकुमार डंगोलले नगरपालिका र वडा कार्यालयसंग संयोजन गरेर कार्यक्रमका सञ्चालका निम्ती सहयोग गरेको बताउनुभयो ।
नमुना महिला समुहकी अध्यक्ष निर्माला सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सभापति विष्णुभक्त तिमिल्सीना, अस्टमान टोलसुधार समितिका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता राजकुमार डंगोल, तारकेश्वर नगरपालिका वडा नं ६ का वडा सदस्यहरु रामचन्द्र घिमिरे र अञ्जु बस्नेत, नेपाली काँग्रेस तारकेश्वर ६ का वडा सभापति रबिन्द्र खत्री लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लिका प्रवन्ध निर्देशक केदार खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला समुहकी सचिब निरु अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

May be an image of 7 people
तारकेश्वर नगरपालिका वडा नं ६ को सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा महिला समुहमा आवद्ध सदस्यहरुलाई तिन दिनको फोहरमैला व्यवस्थापन, कम्पोष्ट मल बनाउने र कौसीखेती सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

May be an image of 5 people

May be an image of 8 people

May be an image of 10 people

No photo description available.

May be an image of 4 people

df

May be an image of 5 people

May be an image of 3 people

May be an image of 5 people

May be an image of 7 people

df

प्रतिक्रिया दिनुहोस्

Array