नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ,  नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएको छ ।

सङ्घको नवौँ महाधिवेशनको  सम्पन्न मतगणनामा गिरीले अर्का अध्यक्षका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई सात मतले पराजित गर्दै विजयी हुनुभएको हो । अध्यक्ष गिरीले तीन सय पाँच मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार बानियाँले दुई सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दीपकलाल खतिवडाले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही, महिला उपाध्यक्षमा धना भण्डारी, कोशी प्रदेश उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेश उपाध्यक्षमा छोटेलालप्रसाद साह, बागमती प्रदेश उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी प्रदेश उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमप्रसाद भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का विजयी हुनुभएको छ । महासचिवमा ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल, उपमहामहासचिव मधेशमा तीर्थराजप्रसाद यादव, उपमहासचिव समावेशीमा सीतादेवी थापा र उपमहासचिव कर्णालीमा कालीबहादुर शाही विजयी हुनुभएको छ ।

शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधि आजै चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिनुभयो । शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, लक्ष्मणदत्त भट्ट, यमपी भुसाल, पद्मिनी थापा र सीता गैह्रे निर्वाचित हुनुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array