टोखाको सपनतीर्थमा मेला : लाखौँ भक्तजनबाट मेला अवलोकन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँको उत्तरी क्षेत्रमा टोखामा लाग्ने सपनतीर्थ मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ ।

टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको  वैशाख १ दिनभरि घुइँचो लागेको हो । हरेक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यका बाहिरका दर्शनार्थीको भीड लागेको सपनतीर्थ गुठीका अध्यक्ष देवराज डङ्गोलले जानकारी दिनुभयो । हरेक वर्षको वैशाख १ गते एक दिन मात्र लाग्ने मेलामा झण्डै तीन लाखौँ भक्तजनले मेला भरेको अध्यक्ष डङ्गोलको भनाइ छ ।

मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन् । सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने, सम्पत्ति प्राप्त हुने, पुत्रलाभ हुने धार्मिक विश्वास रहेको छ । सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ ।

मेला टोखामा हरेक वर्षको वैशाख १ गते एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ । टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ । बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धुमधामसँग यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकको रूपमा यस जात्रालाई लिने गरिन्छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array