नेपाल उद्योग बाणिज्य महासंघको एशोसिएट सदस्यमा सर्वधिक मत ल्याउने डा.थपलियालाई अर्थमन्त्रीद्धारा बधाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग बाणिज्य महासंघको एशोसिएट सदस्य मध्यमा सबै भन्दा बढी मत सहित बिजयी हुनुभएका डा. रामशरण थपलियालाई बधाई दिनु भएको छ ।
अर्थमन्त्री डा. महतले नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका थपलियालाई आफ्नो निवासमा निमन्त्रणा गरेर सर्वाधीक मत सहित निर्वाचीत भएकोमा बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
थपलिया समाज नेपालका केन्द्रीय अध्यक्ष, ठमेल पर्यटन परिषदका पुर्व अध्यक्ष,किवानिज इन्टरनेशनल नेपालका बोर्ड सदस्य, डिभिजन ६ का ल्युटिनेन्ट गभर्नर लगायत थुप्रै संघ संस्थामा आबद्ध रहनु भएका डा. थपलिया सफल पर्यटन अभियन्ता समेत हुनुहुन्छ । थपलिया पर्यटन क्षेत्रका साथै कानुनी क्षेत्रमा पनि अव्वल अधिवक्ताको रुपमा चिरपरिचित हुनुहुन्छ ।
एशोसिएट तर्फ बिजयी भएका १९ जना सदस्य मध्य डा. थपलियाले सवै भन्दा बढी मत ल्याउनु भएको छ । थपलियाले १४६३ मत ल्याउनु भएको छ भने दोस्रो धेरै मत मनोज पौडेलले १३७३ मत पाउनु भएको छ ।
मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो । यी हुन् एशोसिएटतर्फ विजयी सदस्यहरु–
१. डा. रामशरण थपलिया– १४६३
२. मनोज पौडेल– १३७३
३. आनन्द कुमार बगेरिया– १३६४
४. अम्बिका प्रसाद पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल कुमार श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति कुमार बेगानी– ९८८
१७. सन्दिप कुमार अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना– ८४२

प्रतिक्रिया दिनुहोस्

Array