तारकेश्वरलाई तरकारीमा आत्मर्निभर बनाउन चाइना फाउण्डेसनको सहयोगमा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ बैशाख २०८०, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । परम्परागत कृषि प्रणालीलाई आधुनीक प्रविधिमा रुपान्तरण गदै तारकेश्वर नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्य सहित चाइना फाउण्डेसनको सहयोगमा तारकेश्वर नगरपालिकामा तिन महिने बेमौसमी तरकारी खेती सम्वन्धी तालिम सुरु गरेको छ ।

May be an image of 5 people
न्यु लाइट फाउण्डेसनको व्यवस्थापनमा मल्ट्रीट्रेड टेक्नीकल ट्रेनिङ इन्टीच्युटले तारकेश्वर नगरपालिकाका वडा नं २,३ र ६ का ८० जना किसानहरुलाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिने छ ।
भारत, बंगलादेश लगायतका देशहरुबाट आइरहेको बिषादीयुक्त तरकारीहरुलाई बिस्थापीत गदै तारकेश्वर नगरपालिकाका लागि मात्र नभई काठमाण्डौं उपत्यकाबासीलाई समेत स्वस्थ्यकर तरकारी खुवाउने उदेश्य सहित बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिन लागीएको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो ।

May be an image of 7 people

May be an image of 6 peopleयसै बिच बेमौसमि तरकारी खेती सम्बन्धी तालिम, बेमौसमी तरकारी उत्पादन र बजारीकरण सम्बन्धमा तारकेश्वर नगरपालिका, न्यु लाइट फाउण्डेसन, मल्ट्रीट्रेड टेक्नीकल ट्रेनिङ इन्टीच्युट र ऐन एग्रो प्रा.लि बिच सम्झौता भएको छ । तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आज भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिर, चाइना फाउण्डेसनका नेपाल निर्देशक चौ चिछियाङ, चाइनाका कृषि विज्ञ लि होङछी, न्यु लाइट फाउण्डेसनका निर्देशक माहिर हुसेन र मल्ट्रीट्रेड टेक्नीकल ट्रेनिङ इन्टीच्युटका तर्फबाट कार्यकारी निर्देशक रमेशराज पाण्डेको उपस्थीति रहेको थियो । सम्झौता अनुसार तालिम पछि तारकेश्वर नगरपालिकाका किसानहरुले उत्पादन गर्ने तरकारीलाई एन एग्रो प्रालिले खेतबारीबाटै बजार मुल्यमा तरकारी खरिद गर्नेछ ।

May be an image of 8 people and dais
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले चाइना फाउण्डेसन मार्फत हुन गइरहेको तालिम निकै महत्वपुर्ण रहेको बताँउदै गम्भीर भएर तालिमबाट सिप सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिमले स्वदेशमानै तरकारी उत्पादन बढाउन सहयोग पुग्ने बताँउदै डा. घिमिरेले तालिम मार्फत चाइनाको प्रविधि
तालिम पछि तरकारी खेती गर्ने किसानले अव तरकारी बेच्न बजार सम्म पनि जानुपदैन्, डा. घिमिरेले भन्नुभयो “बिषादीरहीत तरकारी उत्पादन भएमा चाइना सहित हामीले अन्य मुलुकमा समेत तरकारी निर्यात गर्न सकिन्छ तर त्यसका लागि हाम्रो उत्पादन बिषादीरहित, राम्रो र गुणस्तरीय हुनुपर्यो अनिमात्र सबैले चुल्होमा हाम्रो तरकारी भित्र्याँउछन् । अनि मात्र हाम्रो तरकारीले बजार पाउनेछ । ”
तिन महिना लामो यो तालिम प्राविधिकनै उत्पादन गर्ने किसिमको हो डा. घिमिरेले भन्नुभयो “हामीसंग भएको सिप भन्दा राम्रोसंग सिक्नका लागि चाइनिजहरुले कसरी खेती गर्नुहुन्छ ? उहाँहरुको प्रविधि सिक्ने, त्यो प्रविधिबाट हामी लाभान्वीत हुने र आधुनीक खेती प्रणाली मार्फत हामीले उत्पादन गरेको तरकारी अन्तराष्ट्रिय बजारमा बेच्ने”

May be an image of 7 people
चाइना फाउण्डेसनका नेपाल निर्देशक चौ चिछियाङले तारकेश्वरका सबै किसानलाई धनी बनाउने उदेश्य सहित तालिमका लागि सहयोग गरेको बताँउदै तालिमबाट बढीभन्दा बढी लाभ लिन सहभागी किसानहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 2 people
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खडगीले बिषादीयुक्त तरकारीका कारण बर्षेनी सयौ नेपालीले ज्यान गुमाउनु परेको बताँउदै कृषिमा अव क्रान्ति सुरु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा अध्यक्षहरु घनश्याम श्रेष्ठ र परशुराम अर्याल, तारकेश्वर नगरपालिकाका अधिकृत तिर्थराज थापामगर, कृषि शाखाकी प्रमुख मिना कुमारी थापा सहितको उपस्थीति रहेको थियो ।

May be an image of 6 people

May be an image of 8 people and text that says 'SKILL DEVELOPMENT RAINING OFF-SEASON GRICULTURE NEPAL PRODUCTION TRAINING" TaAanet Krishna'

May be an image of 5 people and hospital

May be an image of 5 people

fg

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array