संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह : नेता सिंह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले विसं २०६२÷६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।” अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उहाँले थप्नुभयो, “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।”

सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उहाँले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उहाँको भनाइ थियो । –

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array