भरतपुर महानगरप्रमुख र उपप्रमुखसंग तारकेश्वरका नगरप्रमुख महर्जन सहित काँग्रेस नेताहरुद्धारा सामुहीक भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसंग चितवन भ्रमणका क्रममा रहनु भएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहित काँग्रेस नेताहरुले सामुहीक रुपमा भेटघाट गर्नुभएको छ ।
भरतपुर महानगरपालिकाको कार्यालयमा पुग्नु भएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी, क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीना, नेपाली काँग्रेस बाग्मती प्रदेश सदस्य राजकुमार डंगोल र नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सहसचिब हिरा महर्जन सहितका नेताहरुलाई नगरप्रमुख दाहाल र उपप्रमुख अधिकारीले खादा लगाएर कार्यकक्षमा स्वागत गर्नुभएको थियो ।
भेटका क्रममा तारकेश्वर नगरपालिका र भरतपुर महानगरमा भएका विकास निर्माण, खानेपानी, फोहरमैला व्यवस्थापन लगायत बिषयहरुमा भएका कामकारबाहीहरुको बारेमा दुवै प्रमुखहरु बिच अनुभवहरु साँटासाँट भएको थियो । नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति समेत रहनु भएका तारकेश्वर नगरपालिकाका प्रमुख महर्जन र महानगरकी प्रमुख दाहाल तथा उपप्रमुख अधिकारी बिच उपनिर्वाचनमा गठबन्धनका उम्मेद्धवारलाई जिताउने भएका कामकारबाहीका बारेमा समेत छलफल भएको थियो । भेटका क्रममा तारकेश्वर नगरपालिकाका प्रमुख महर्जनले भरतपुर महानगरप्रमुख दाहाल र उपप्रमुख अधिकारीलाई तारकेश्वर भ्रमणको निम्तो समेत दिनुभएको थियो ।

No description available.

No description available.
उपनिर्वाचनमा गठबन्धनका उम्मेद्धवारलाई जिताउन नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति खडगीको नेतृत्वमा काठमाण्डौबाटै काँग्रेसका नेताहरुको टोली चितवन, तनहुं र बारा पुगेर बिभिन्न राजनैतिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

No description available.

May be an image of 3 people and hospital

May be an image of 2 people

May be an image of 2 people and hospital

df

प्रतिक्रिया दिनुहोस्

Array