धर्मस्थलीको पुरानो गिनिज देखि नयाँ गिनिज स्कुल सम्मको सडक कालोपत्रे सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीको देउके पुरानो गिजिन स्कुल हुंदै नयाँ गिनिज स्कुल सम्मको सडक कालोपत्रे सुरु भएको छ ।
तारकेश्वर नगरपालिकाको २४ लाखको लागतमा करिब २८० मिटर सडक कालोपत्रे गर्ने काम भइरहेको तारकेश्वर नगरपालिकाका वडा नं ६ का वडा सदस्य रामचन्द्र घिमिरेले बताउनुभयो । गुणस्तरीय काम गराउनका लागि काम सुरु भएदेखि वडा सदस्य घिमिरे र वडाका प्राविधिक प्रदिप भण्डारी दुई दिन देखि फिल्डमै रहेर प्रत्यक्ष अनुगमन गरिरहनु भएको छ । हिजो देखि सुरु भइरहेको कालोपत्रे गर्ने काम आज पुरा हुने घिमिरेले बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा न ं ६ का प्राविधिक प्रदिप भण्डारीले सडक कालोपत्रे गर्ने काममा कुनै सम्झौता नभएको बताँउदै कालोपत्रे गर्ने क्रममा कम्जोरी नहोस भनेर निरन्तर फिल्डमानै खटिएको बताउनुभयो । उहाँले भन्नुभयो “म प्राविधिक मात्र नभएर यो वडाको बासिन्दा पनि हो, त्यसैले म जिम्मेवार बनेर फिल्डमा खटिएको छु, तपाँईले पनि देख्नु भएकै छ, कालोपत्रे गर्ने क्रममा कतै कम्जोरी देखियो भने हामीले यहाँ सुधार गर्नुप¥यो भनेर सुधार गराएर काम गराइरहेका छौं”
वडा अध्यक्ष घनश्याम श्रेष्ठले वडा मार्फत भइरहेको कामहरु गुणस्तरीय गराउनका लागि काम सुरु भएदेखि वडाका जनप्रतिनिधि र प्राविधिक फिल्डमै खटीने गरेको बताँउदै जनगुनासो नआउने गरी काम भइरहेको बताउनुभयो ।

No description available.

May be an image of 5 people

May be an image of grass

May be an image of 1 person and grass

df

प्रतिक्रिया दिनुहोस्

Array