तारकेश्वर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ बैशाख २०८०, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका शिक्षा शाखाको आयोजनामा तारकेश्वर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
शुक्रबार ककनीमा सुरु भएको कार्याशालामा तारकेश्वर नगरपालिका सामुदायिक विद्यालयका प्रधानाध्यपकहरु, तारकेश्वर नगर शिक्षा समितिका सदस्यहरु तथा परिक्षा समितिका सदस्य, तारकेश्वर नगरप्याव्सन र ऐनप्याव्सनका प्रतिनिधिहरुको उपस्थीति रहेको छ ।
कार्यक्रमको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि ल्याउन सकिएमा समग्र तारकेश्वरको विकासमा सहयोग पुग्ने बताँउदै तारकेश्वरको शिक्षाको गुणस्तर बृद्धिमा सामुदायिक विद्यालयहरुबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

No description available.

No description available.
नेपालका ७५३ नगरपालिकाहरु मध्य तारकेश्वर नगरपालिकालाई शैक्षिक हबको रुपमा बिकास गदै तारकेश्वर विश्वविद्यालय सम्मको सपना देखेको बताँउदै नगरप्रमुख महर्जनले शिक्षामा गुणस्तरीता बढाउने बिषयमा नगरपालिका संधै साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “त्यो सपनाको सागर बनाउने क्रममा तपाँईहरु सबै अंग हो, यो यस्तो मजबुत अंग हुनुप¥यो कि कहिलेकाँही त्यो दिमागले सोच्ने हातले काम नगर्ने अंग भयो भने कुनै कार्य सफल हुन सक्दैन त्यसैले दिमाग सोच्ने काम म गर्दछु हात चलाउने र खुट्टा चलाउने तपाँईहरु सबै हुनुहुन्छ ।”

No description available.
शिक्षामा परिवर्तन ल्याउन सकेमात्र समग्र सवैमा परिवर्तन ल्याउन सकिने बताँउदै नगरप्रमुख महर्जनले भन्नुभयो “शिक्षामा सबैथोक छ, शिक्षामा अनुशासन छ, शिक्षामा विकास छ, शिक्षामा स्वास्थ्य छ, कृषि र शिक्षा पर्यटन लगायत हरेक कुरासंग शिक्षा जोडिएको छ, त्यसैले सबै भन्दा पहिला शिक्षामा परिवर्तन जरुरी छ”
तारकेश्वरबाट दैनिक हजारौं विद्यार्थीहरु महानगर सहित अन्य पालिकाका संस्थागत विद्यालयहरुमा पढनकै लागि गइरहेको बताँउदै नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि ल्याउन सकेमा अध्ययनकै लागि अन्य पालिका जाने विद्यार्थीहरुको संख्यामा कमी आउने बताउनुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले ७५३ नगरपालिकामा नभएको शिक्षाको नयाँ योजना काठमाण्डौंकै मुटु तारकेश्वरबाट सुरुवात गरेर मुलुकलाई नयाँ शन्देस दिन लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी तारकेश्वर नगरपालिकाबाट गर्व गर्ने खालको शिक्षा क्षेत्रकै नमुना कार्यक्रम ल्याएर नेश्नल न्युज दिन चाहेका छौं, त्यसैले हजुरहरुलाई यो शान्त र प्रदुषणबाट मुक्त ठाँउमा गम्भीतापुर्वक सोच्नका लागि यो शान्त वातावरणमा आमन्त्रण गरिएको हो”
कार्यक्रममा बोल्दै तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सीनाले शिक्षण सिकाइमा परम्परागत पद्धती अपनाएमा लक्ष्यमा पुग्न नसकिने बताँउद हिजोको जस्तो परम्परागत तरिकाले अहिले पठनपाठन चल्न नसक्ने बताँउदै शिक्षण सिकाई प्रविधि मैत्री हुनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरशिक्षा शाखाका प्रमुख पदम बहादुर खत्रीले सञ्चालन गर्नुभएको उदघाटन सत्र पछि बिभिन्न ६ वटा बिषयमा कार्यपत्र सहित प्रस्तुति गरिएको छ । डा. कृष्ण प्रसाद पौडेलले नेपालको वर्तमान शिक्षा नीति र विद्यालय शिक्षा सम्बन्धी, अनामिका आचार्य र नारायण शर्माले विद्यालय सुधार योजना र प्रस्तुतिकरण, तारकेश्वर नगरपालिकाको शिक्षा समितिका सदस्य धु्रवप्रसाद तिमिल्सीनाले शिक्षण प्रणालीमा स्तरोन्नती सम्बन्धी, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले प्रधानाध्यापकको भुमिका र शिक्षाको सोचपत्र, डा. चिन्तामणी योगीको सकारात्मक सोच एवं जीवन शैलीको विकास बिषयमा प्रस्तुति रहेको थियो ।

May be an image of 3 people and people studying

May be an image of 14 people

ााााा

प्रतिक्रिया दिनुहोस्

Array