कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

कैलाली, कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ । घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array