नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ ।

आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पु¥याउन मुख्य सचिवलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवद्र्धनसम्बन्धी कानुनको मस्यौदा बनाइ पेस गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array