बषौं देखि हिलो र धुलो सडक कालोपत्रे भएपछि धर्मस्थलीबासी खुसी, नगरप्रमुख मर्हजनलाई अनुगमनकै क्रममा स्वागत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० बैशाख २०८०, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीमा बषौं देखि हिलो र धुलो हुने दुईवटा सडक कालोपत्रे भएपछि स्थानीयबासीहरु खुसी भएका छन् । वडा नं ६ को चिसापानी– तिनपिप्ले सडक तथा कमेरे खोला,बस्नेतटार हुंदै चोगाँउ जाने करिब १.५ किलोमिटर सडक कालोपत्रे गर्ने काम पुरा भएको छ । यि दुई सडकमा कालोपत्रे नहुंदा बषौं देखि स्थानीयवासीहरुले निकै सास्ती खेप्दै आइरहेका थिए ।
तारकेश्वर नगरपालिकाको करिब ७ करोड ५० लाखको लगानीमा चिसापानी– तिनपिप्ले सडक खण्डमा ७७० मिटर र कमेरे खोला,बस्नेतटार हुंदै चोगाँउ जाने सडक खण्डमा ७२२ मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
धर्मस्थलीको कमेरे खोला,बस्नेतटार हुंदै चोगाँउ जाने सडक खण्डमा आज ७२२ मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । विहानै देखि सुरु भएको कालोपत्रे गर्ने कामको कार्यव्यस्थताले नगरप्रमुखले समय निकाले साँझ मात्र फिल्डमा पुग्नु भएको थियो । अनुगमनका गर्ने क्रममा साँझ करिब ९ बजे बस्नेतटार पुग्नुभएको नगरप्रमुख कृष्ण हरि महर्जनलाई स्थानीयबासीहरु निकै हर्षित भएर कालोपत्रे भएको सडकमै खादा लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा तारकेश्वर नगरकार्यपालीका सदस्य अञ्जु बस्नेत, नेपाली काँग्रेस बाग्मती प्रदेश सदस्य राजकुमार डंगोल, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सहसचिब हिरा महर्जन सहित जनप्रतिनिधि र स्थानीयबासीहरुको उपस्थीति रहेको थियो । कमेरे खोला,बस्नेतटार हुंदै चोगाँउ जाने उक्त सडक के.एण्ड केजी कन्ट्रक्सनले १ करोड ४१ लाख ९६ हजार ६ सय ८ रुपयाँमा टेण्डर सकारेको थियो ।सडक कालोपत्रे गर्ने क्रममा स्थानीयबासीहरु, समाजसेवी, जनप्रतिनिधिहरु र प्राविधिकहरुको टोली सहितको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.त्यस्तै, करिब ६ करोडको लागतमा चिसापानी– तिनपिप्ले सडकको वालडिमार्केसन सहित पुरा भएको कालोपत्रेको कामको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, तारकेश्वर नगरपालिकाको प्राविधिक शाखा प्रमुख ईन्जीनियर पुर्णकाजी महर्जन, लेखा शाखाका प्रमुख खिलानाथ बास्कोटा, नगरपालिकाका सुचना अधिकारी सागर अर्याल सहित जनप्रतिनिधि र प्राविधिकहरुको टोलीले कालोपत्रे भइरहेको कामको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा नगरप्रमुख महर्जनले विकास निर्माणको काममा हुने त्रुटीका बिषयमा कुनै पनि सम्झौता गर्न नसकिने बताँउदै जिम्मेवारीपुर्वक निर्माणको काम पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

May be an image of 7 people, cablecar and road
चिसापानी–तिनपिप्ले सडकका बारेमा बषौं देखि राजनीतिक दलले चुनावी नारा बनाएपनि सडक अलपत्र रहंदा स्थानीवासीहरुले हैरानी झेल्दै आइरहेका थिए । तारकेश्वरको नेतृत्व गरेसंगै नगरप्रमुख कृष्ण हरि महर्जनले पहिलो प्राथमीकतामा राखेर सडक कालोपत्रेका लागि बजेट बिनियोजन गर्नुभएको थियो । यस सडक कालोपत्रे भएसंगै स्थानीय उत्पादनलाई बजार सम्म लैजानका लागि किसानहरुलाई समेत निकै ठुलो राहत मिलेको छ । चिसापानी–तिनपिप्ले सडक नुवाकोटको पर्यटकीय स्थल ककनी हुंदै त्रिशुली पुग्ने छोटो दुरीको सडक समेत रहेको छ ।

 

May be an image of 10 people

May be an image of 11 people

No description available.

sdf

प्रतिक्रिया दिनुहोस्

Array