राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

तनहुँ, तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ ।

हालसम्म २९ हजार आठ सय दुई मतगणना हुँदा वाग्लेले १५ हजार एक सय ३५ मत प्राप्त गर्नुभएको छ । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३४ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गर्नुभएको छ ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array