ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम सभालाई जानकारी गराउनुभएको हो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array