राष्ट्रियसभा बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सर्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array