तारकेश्वरमा पनि सुरुभयो अवैध घरटहरा भत्काउने अभियान, सडक मिचेर बनाएको दुईवटा घर र दजैनौं पर्खाल भत्काइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा पनि सर्वाजनीक जग्गा र सडकमा बनेका अवैध घरटहरा भत्काउने अभियन सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ५ को नागार्जुन मावि फुलबारी सडक खण्ड अन्तर्गत नागार्जुन मावि देखि र्निवना बोडिङ स्कुलको गेट सम्मको सडकमा बनेका दुई वटा घर र दर्जनौ पर्खाल तथा सडक पेटी आज भत्काइएको छ ।
वडा नं ५ का अध्यक्ष सम्भु फुंयालका अनुसार वडाका जनप्रतिनिधि, नगरप्रहरी र स्थानीयबासीहरु बिचको समझदारीमा अवैध संरचना भत्काइएको हो । बषौं देखि सडक मिचेर बनेका अवैध संरचनाले सवारी आवागमनमा समस्या पारिरहेको थियो । वडा कार्यालयले अवैध संरचना भत्काएपछि स्थानीयवासीहरु निकै खुसी बनेका छन् ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरमा अबैध घरटहरा भत्काउने अभियान निरन्तर चल्ने बताँउदै नगरप्रमुख महर्जनले नगरवासीहरुसंग आपसी समझदारीमै नगरपालिकाले काम गर्ने बताउनुभयो ।

No description available.

No description available.

sf

प्रतिक्रिया दिनुहोस्

Array