वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा मृत फेला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

उहाँले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिनुभयो । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।aa

प्रतिक्रिया दिनुहोस्