तारकेश्वरको मनमैजु हेल्थपोष्टमा रक्तदान कार्यक्रम आयोजना, ४० जनाले गरे रक्तदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा वडा नं ८ मा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा ४० जनाले रक्तदान गर्नुभएको तारकेश्वर नगरस्वास्थ्य शाखाका भरत पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा रक्तदान गर्नुहुने रक्तदाताहरुलाई वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा र वडा सदस्य महालक्ष्मी काफ्लेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा तारकेश्वर नगर स्वास्थ्य शाखाका का.वा प्रमुख गणेश कुंवर, मनमैजु हेल्थपोष्टकी इञ्चाज धर्मशिला घिमिरे सहित वडाका जनप्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगरपालिका वडा नं ८ ले वडाबासीहरुको स्वास्थ्यका लागि यस अघि बिभिन्न ठाँउहरुमा स्वास्थ्य शिविर, जेष्ठ नागरिकहरुलाई औषधी बितरण लगायतका कार्यहरु गदै आइरहेको छ ।
तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वरका बिभिन्न वडाहरुमा रक्तदान कार्यक्रम आयोजना हुंदै आइरहेको छ ।

No description available.

No description available.

No description available.

fg

प्रतिक्रिया दिनुहोस्

Array