सशस्त्र प्रहरी बल,नेपालका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ बैशाख २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेका छौं ।’ उनका अनुसार फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध दिन निर्देशन दिइएको छ ।

आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको विषयमा संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो भने सशस्त्र प्रहरी बल नेपालबाट २०७९ सालमा भएगरेका कामकारवाही बारे सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराउनुभएको थियो ।सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति समेत अख्तियार गरेको छ । प्रवक्ता खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो ।‘विशेष अवस्थामा खटाउनु परे सम्बन्धित कार्यालय प्रमुखले माथिल्लो युनिटलाई जानकारी गराउनुपर्ने भनिएको छ’, खड्काले भने, ‘यसबारे पहिले गृहबाट पनि मापदण्ड बनाएर परिचालन गर्न भन्दै परिपत्र भएको थियो ।’सशस्त्र प्रहरी कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई पनि कडाइ गरिएको छ ।‘यसबारे आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेका छौं, विदेश तालिममा पठाउनका लागि नीति तर्जुमा गरेर नियम संगत रुपमा क्राइटेरियाभित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था गरेका छौं’, उनले भने ।

सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरुमा जवान मेसको स्तरोन्नति गरिएको खड्काले बताए । उनका अनुसार जनशक्तिको अनुपातमा शौचालाय तथा स्नान गृहको निर्माण गरिएको छ । ‘एक जवान एक बेडिङ्ग तयार भइसकेको छ, ७० युनिटहरुमा सिसु स्याहार केन्द्र स्थापना गरिएको छ’, उनले भने ।त्यसैगरि संस्थागत रुपमा २६ बुँदामा प्रस्तुत कामहरु वाहेक शसस्त्रले यसपटक २२८ विओपीमा २१ थप गरेको छ । त्यहाँ झापा, बारा, दाङ, बर्दिया, दार्चुला जस्ता जिल्लाहरु परेका छन । संरचनागत काममा शसस्त्रले सिमा सुरक्षा विभागको स्थापना, अस्पतालको बेड बृद्धि, अनुगमन र गुनासो इकाईको स्थापनालाई लिएको छ भने भावी योजनामा सिमा सुरक्षा, सिमा स्तम्भको मर्मत, एच ए, नर्सिङ र ल्याव टेक्निसिएनका विषयहरुको पढाई सञ्चालन गर्ने, कैलाली र सप्तरीमा विपद व्यवस्थापन तालिम केन्द्र, मनाङमा हाई अल्टिच्यूट तालिम सञ्चालन गर्ने, रेलवे सुरक्षा गुल्म स्थापना गर्ने चार पाग्रे सवारी कर्जा उपलब्ध गराउने र सवै प्रदेशमा एपिएफ स्कूल विस्तार गर्ने कुरालाई भावी योजनामा राखेको छ ।

प्राप्त जानकारी अनुसार २०७७ देखि हालसम्म नेपालको शसस्त्र र भारतको एसएसबीले ६२७ वटा सिमा स्तम्भको मर्मत गरेको जानकारी दिईएको छ ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत विज्ञ संचारकर्मीहरु, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array