त्रिविविका पुर्व उपकुलपती डा.माथेमाले तारकेश्वरको सामुदायिक विद्यालयको निरीक्षण गर्ने,नगरप्रमुख महर्जन र डा.माथेमा बिच भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जन र त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपती, शिक्षाविद,पुर्वराजदुत, प्राध्यापक डा केदार भक्त माथेमा विच आज भेटघाट भएको छ ।
डा. माथेमाको निवासमा पुग्नुभएका नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सुझाब सल्लाह माग्नु भएको थियो । भेटका क्रममा डा माथेमाले तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा गरेको योग्दान र बजेट बिनियोजन स्थानीय निकायहरु मध्यकै उदाहारणीय रहेको बताँउदै नगरप्रमुख महर्जनलाई धन्यवात व्यक्त गर्नुभएको छ ।
सो अवसरमा डा. माथेमाले तारकेश्वरको सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि आफुले पनि सक्ने योग्दान गर्ने बताँउदै केहि समय पछि नगरपालिकाका सामुदायिक विद्यालयहरुको भ्रमण गदै प्रधानाध्यापकहरुसंग छलफल गर्न चाहेको बताउनुभयो ।
डा. माथेमा प्रजातन्त्रका लागि प्राण आहुति दिएका शहिद धर्मभक्त माथेमाका भतिज समेत हुनुहुन्छ । शिक्षा क्षेत्रका बौद्धिक व्यक्तित्व डा माथेमाको नेतृत्वमा सरकारले ५ बर्ष अघि चिकित्सा क्षेत्र सुधारका लागि आयोग समेत गठन गरेको थियो । डा. माथेमाले चिकित्सा क्षेत्रको सुधारका लागि समेत निकै महत्वपुर्ण सुझाब सहित त्यस बेला सरकारलाई प्रतिबेदन बुझाउनु भएको थियो ।
तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि नगरप्रमुख कृष्ण हरि महर्जनले शिक्षाबिद, प्राध्यापकहरु सहित शिक्षा क्षेत्रका बौद्धिक व्यक्तित्वहरुसंग छलफल र सुझाबका लागि अहोरात्र खटिरहनु भएको छ । यस अघि नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग शैक्षिक सुधारका लागि ककनीमा दुई दिनको छलफल कार्यक्रम आयोजना गरेको थियो । नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहित शिक्षा क्षेत्रका अग्रहरुसंग छलफल गरेर नेपालको शिक्षा क्षेत्रलाई मार्ग निर्देशन गर्ने गरि शिक्षा नीति ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array