तारकेश्वर नगरपालिका वडा नं १० अन्तर्गतको बिष्णुमती खोला करिडोरका अबैध घर टहरा हटाउन १५ दिनको म्याद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० ले बिष्णुमती खोला करिडोर अन्तर्गत रहेका अवैध घर टहरा हटाउन आग्रह गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० को घलेपुल, मनमैजु पुल, मरणपाटी पुल हुदै वडा नं ९ को सिमाना सम्मको बिष्णुमती खोला करिडोर बाटोमा ग्रभेल बेस बिच्छयाउन लागिएकाले अबैध संरचना हटाउन वडा कार्यालयले आग्रह गरेको हो ।
२०७९ चैत्र ६ गते वडा कार्यालयले अबैध घर, टहरा र पर्खालहरु हटाउन निर्देशन दिएपनि केहिले अझै अटेर गरेकाले अन्तीम पटकका लागि आज देखि १५ दिनको म्याद दिइएको वडा अध्यक्ष कुमार राइले बताउनुभयो ।
अध्यक्ष राईले तोकिएको समयमा सम्बन्धीत व्यक्तिले अबैध संरचना नहटाए वडालेनै भत्काउने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सकेसम्म सौहार्दपुर्ण रुपमानै अवैध संरचना हटोस भन्ने चाहेका छौं, यदि त्यस्तो अवस्था आएन भने हामी आफैले भत्काउन बाध्य हुनेछौं”

May be an image of text

f

प्रतिक्रिया दिनुहोस्

Array